नारी दिवसमै श्रीमानको चक्कु प्रहारबाट महिला घाइते

दैलेख, २५ फागुन ।
नारी दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक गृहिणीमाथि उनका श्रीमानले चक्कु प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाहीमाथि २७ वर्षीय श्रीमान बखतबहादुर शाहीले चक्कु प्रहार गरेर घाइते बनाएका हुन् ।

घरलु हिंसाको शिकार भएकी सावित्रालाई बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि गएको पुस २९ गतेदेखि नौमूले गाउँपालिका–८ चौराठास्थित माइतीघरमा बस्दै आएकी थिइन् । सोमबार साँझ माइतीघरमा पुगेर भान्साबाट झिकेको चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

सावित्रामाथि चक्कु प्रहार भए लगत्तै जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाई १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कु प्रहार गरेर घाइते बनाएको घटना लगत्तै गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पतालमा पु¥याइएको छ ।

श्रीमतीमाथि घरेलु हिंसा हुन थालेपछि दुई महिनादेखि माइतीमै उनी बस्दै आएकी थिइन् । आफूलाई माईतमै आएर श्रीमानले चक्कु प्रहार गरेको घाइते बनाएको पीडित महिलाले बताइन् । तीनैलाई बान्ता भइरहेकोले सावधानीपूर्वक उपचार चलिरहेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए ।

पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’ सम्बन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । आरोपित बखत र पीडित सावित्रीको नौ वर्षअघिको बैवाहिक सम्बन्धबाट सात वर्षको बिवेक र चार वर्षको बसन्त नामका दुई वटा छोरा छन् ।

नारी दिवसमै श्रीमानको चक्कु प्रहारबाट महिला घाइते

पालिका भवन बनाउन १३ जनाबाट जग्गादान, अध्यक्ष

नारी दिवसमै श्रीमानको चक्कु प्रहारबाट महिला घाइते

आदर्शका भाषण छाँट्ने महापुरुषको घरमा छैन नारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!