सल्यान पश्चिममा कांग्रेसको चुनाव लक्षित कार्यक्रम

दुर्गा विसी
सल्लीबजार, २४ फागुन ।
सल्यानको पश्चिममा नेपाली कांग्रेसको चुनाव लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरका १२ वटै वडाका वडा सभापतिहरुको हाल वडाहरुमा पार्टीको गतिविधि अवस्था र आउदो चुनावी तयारीका बारेमा रिपोर्टिङ गरिएको थियोे ।
पार्टी हाल विधमान अवस्थामा निकै उर्जामय बनेको बताएको छ । बैठक भने पनि कार्यक्रमलाई अन्तरक्रियामुखी बनाएको थियोे । बनगाडमा नेपाली कांग्रेसको पोजिसिनका विषयमा नेतृत्वले जान्न खोजेका थिए । कर्णाली प्रदेशका सह–महामन्त्री रामछाया शाहीको प्रमुख आथित्यतामा भएको कार्यक्रमले स्थानीय चुनाव लक्षित अभियानलाई प्रभावकारी गराउने जनाएको छ ।
नेपाली काँग्रेस बनगाड कुपिण्डे नगर कार्य समितिको भेला,छलफल र अन्तरक्रियामुखी कार्यक्रम अत्यन्त उल्लास, भव्य र सभ्य रुपमा सम्पन्न भएको नगर सभापति तथा कार्यक्रमका अध्यक्ष पुरसषोतम आचार्यले बताउनु भएको छ ।
कार्यक्रमलाई सह–महामन्त्री शाही, जिल्ला सभापति केशवहादुर विष्ट, प्रदेश सदस्य कल्दर सिंह,प्रेमवहादुर डाँगी, जिल्ला सचिव प्रकाश भण्डारी, एकराज वुढाथोकी, जिल्ला कमिटी सदस्य टोपवहादुर भण्डारी, सुन्दरा शाही, विरवहादुर सेजवाल, हिमेन्द्रबाबू सेजवाल, सचेत शाह, मोहन विष्ट, जितवहादुर खड्का, महाधिवेशन प्रतिनिधि लक्ष्मी सुनार, जब्बर अलि, क्षेत्रीय सहसचिव तेव वहादुर रावत, प्रदेश प्रतिनिधि चन्द्र वुढा, वालकृष्ण सुनार, चन्द्रिका हमाल र युवा नेता दिपेन्द्र विष्टले धारण राखेको सचिव रामबहादुर बस्नेतले बताए ।
पार्टी संगठनलाई अझै कसरी मजबुत बनाएर लिने कुरामा गाउँ अभियानलाई तिव्रता दिन नेताहरुको जोड रहेको थियोे । कांग्रेसको जनमत यति खेर उल्लेख्य बढिरहेको विभिन्न पार्टीबाट कांग्रेसमा आउनेहरुको लहरै बढेको स्थानीय नेताहरुको भनाइ रहेको थियोे ।







