एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं,२१ मंसिर ।

धाँधली गरेर नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मा जिताइएको दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएको छ । एमालेका पौडेल २७ हजार १ सय ६५ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

यहाँ निकटतम प्रतिद्वन्द्वी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ९५ मत ल्याएका थिए। मत गणना स्थलमा आफूलाई जानसमेत नदिई धाँधली गरेर पौडेललाई जिताइएको दाबी गर्दै गणेशले सर्वोच्चमा मुद्दा दिएका छन्।

साथै धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका थिए। यादवले २० हजार १ सय १२ मत ल्याएका थिए। यहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए ।

यो क्षेत्रमा पनि धाँधली गरेर कांग्रेसका यादवलाई जिताएको दाबीसहित एमालेका अरगरियाले सर्वोच्चमा मुद्दा दिएका छन्। दुवै रिट मंगलबार सर्वोच्चमा दर्ता भएका थिए। यी मुद्दा संवैधानिक इजलासले हेर्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ।

सेतोपाटी

एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा

जुम्लामा अनुदानमा दिइने २० किलो चामल प्रभावकारी

एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा

यी ५ गुणले दिन्छ जीवनमा सफलता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!