यी ५ गुणले दिन्छ जीवनमा सफलता

सुर्खेत,२१ मंसिर ।

चाणक्य नीति

चाणक्यले आफ्नो नीति शास्त्रमा व्यक्तिका गुण र अवगुणका बारेमा विस्तृत रूपमा उल्लेख गरेका छन् । चाणक्य नीतिका अनुसार व्यक्तिमा रहेको गुणले उनलाई सफलताको उचाइमा पु¥याउँछ भने व्यक्तिको कमजोरीले जीवनमा असफल बनाउँछ ।

यसका अलावा आचार्य चाणक्यले व्यक्तिका केही यस्ता गुणहरूका बारेमा पनि बताएका छन्, जुन व्यक्तिमा रहे उसलाई सफल व्यक्ति बन्नबाट कसैले रोक्न सक्दैन ।

आत्मविश्वास

चाणक्य नीतिका अनुसार जीवनमा सफल व्यक्ति बन्नको लागि आत्मविश्वास हुनु अति आवश्यक छ।  यदि तपाई सफलता प्राप्त गर्न चाहनुहुन्छ भने, आफ्नो आत्मविश्वासलाई कहिल्यै डगमगाउन नदिनुहोस्, किनकि आत्मविश्वासी व्यक्तिलाई सफल हुनबाट कसैले रोक्न सक्दैन ।

मेहनत

भनिन्छ कडा परिश्रमले जे पनि हासिल गर्न सकिन्छ । चाणक्य नीतिले पनि त्यही भन्छ । सफल हुनको लागि मेहनती हुनु सबैभन्दा महत्त्वपूर्ण छ। आचार्य चाणक्यका अनुसार जो परिश्रमी हुन्छन्, सफलता उनैसँग मात्र रहन्छ ।

धन सञ्चय

पैसा कमाउन भन्दा पैसा राख्न गाह्रो छ। आचार्य चाणक्यका अनुसार आफ्नो खराब समयको लागि पैसा राख्ने व्यक्ति सधैँ खुसी रहन्छ। पैसाको कारण यस्तो व्यक्तिको कुनै पनि काम रोकिँदैन ।

रणनीति

आचार्य चाणक्यका अनुसार जो व्यक्ति पूर्ण रणनीतिका साथ काम गरेर अगाडि बढ्छ, उसले हरेक कठिनाइलाई सजिलै पार गर्छ । यस्तो अवस्थामा कुनै पनि काम सुरु गर्नुअघि ठोस रणनीति बनाउनुपर्छ ।

ज्ञान

आचार्य चाणक्यका अनुसार सफलता पाउनको लागि ज्ञान हुनु आवश्यक छ । आफूले गरिरहेको कामको पूर्ण ज्ञान छ भने सफल हुनबाट कसैले रोक्न सक्दैन। यसबाहेक, जसलाई आफ्नो काम मात्र होइन सबै विषयको ज्ञान हुन्छ, उसले जीवनमा अवश्य सफल हुन्छ ।

यी ५ गुणले दिन्छ जीवनमा सफलता

एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको

यी ५ गुणले दिन्छ जीवनमा सफलता

YUGAAWHAN NATIONAL DAILY (2079-08-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!