जुम्लामा अनुदानमा दिइने २० किलो चामल प्रभावकारी बन्दै

जुम्ला,२१ मंसिर ।

जन्म र मृत्युको बेला दिइने २० किलो चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ। साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिँदै आइरहेको छ।

हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको तिला गाउँपालिका –९ का धनबहादुर बुढाले बताए। चालू आर्थिक वर्षको अहिलेसम्म ३ सय ११ जनालाई चामल वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख निर्मल विष्टले बताए ।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत चन्दननाथ नगरपालिका आसपासका गाउँका स्थानीय बासिन्दालाई ५ सय दिइएको छ। तिला, सिञ्जा, हिमा र कनकासुन्दरी बासिन्दालाई १ हजार रकम भुक्तानी गर्दै आएको खाद्य कम्पनी शाखा जुम्लाले जनाएको छ ।

जुम्लाका ८ वटै स्थानीय तहका स्थानीयले यो सेवा लिइरहेका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर, पातारासी र तिला गाउँपालिकाले उपयोग गर्ने गर्दछन्। सिंजा,हिमा,कनकासुन्दरी गाउँपालिकाका कम मात्रामा लिने उनले बताए।भौगोलिक हिसाबले टाढा हुने कारण भएको उनको अनुभव छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३–७४ को नीति तथा कार्यक्रममा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटमा जिल्लाका स्थानीय वासिन्दालाई उक्त चामल र ढुवानी रकम प्रदान गर्ने निर्णय भएको थियो ।

सुरुमा कार्यक्रम सार्वजनिक गर्ने बित्तिकै चर्को विरोध भएको अहिले जन्म र मृत्युमा २० केजी चामल लिनेको संख्या निकै प्रभावकारी बन्दै गएको छ।

रातोपाटी

सुर्खेतका १९ वर्षीय विद्यार्थीले बनाए पेट्रोलबाट चल्ने

जुम्लामा अनुदानमा दिइने २० किलो चामल प्रभावकारी बन्दै

एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!