सुर्खेतका १९ वर्षीय विद्यार्थीले बनाए पेट्रोलबाट चल्ने गाडी

सुर्खेत,२१ मंसिर ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –६ हटियालाइनका १९ वर्षीय दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन बनाएका छन् । झन्डै पाँच महिनाको अवधिमा उक्त गाडी निर्माण गरेको उनले बताए ।

वीरेन्द्रनगरकै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले विद्यालयका शिक्षक, शिक्षिकाको सहयोगमा गाडी बनाएका हुन् । ‘झन्डै पाँच महिनामा यो गाडी बनाएको हुँ, अहिले गाडीको नाम चाहिँ राखेको छैन,’उनले भने,‘दिमागमा यही आयो यही बनाएँ ।’

दिनेशले बनाएको गाडीमा चालकसहित दुई जनासम्म बस्न मिल्ने छ । उनले गाडी आफ्नो घरमै बनाएको र घरबाटै चलाएर विद्यालयमा ल्याएको बताए । निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको उनको भनाई छ ।

‘म गाडी बनाउने र कसैको प्रेरणा र सहयोग पाइएको खण्डमा यसैलाई नै व्यवसाय बनाउँछु भन्ने लाग्थ्यो,’उनी भन्छन्,‘ सोही अनुसार बनाउँदै सिक्दै थिएँ विद्यालयका शिक्षकहरूले एउटा अलि ठुलो गाडी बनाएर देखाऊ त भन्नुभयो, त्यसैको प्रेरणाले यो गाडी बनाएको हुँ ।’

उनले अहिले उक्त गाडी आफ्नै टेक्निकले चलाउने गरेको बताए । ‘राम्रो सामान नभेटिएकाले सेन्टिफिटिकल क्लोज, गियर बक्स लगायतका सामानहरू पाइएन,’उनले भने,‘ यसको क्लोज भएको भए अझै सहज तरिकाले चल्थ्यो गियर बक्स राखेर, नभएकाले बिस्तारै चल्छ ।’

दिनेशको भविष्यमा कसैको साथ, सहयोग पाइएको खण्डमा यसैलाई व्यवसायमूलक रूपमा अगाडी बढाउने उद्देश्य छ । ‘इलेक्ट्रिकल बाइक, कार बनाउने चाहना छ, यो त सानो सुरुवात मात्रै हो,’उनले भने ।

रातोपाटी

सुर्खेतका १९ वर्षीय विद्यार्थीले बनाए पेट्रोलबाट चल्ने गाडी

एघार वर्षसम्म प्रशोधन केन्द्र अलपत्र

सुर्खेतका १९ वर्षीय विद्यार्थीले बनाए पेट्रोलबाट चल्ने गाडी

जुम्लामा अनुदानमा दिइने २० किलो चामल प्रभावकारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!