हामी कुन गठबन्धनमा रहनेबारे छलफल भएको छैनः उपेन्द्र यादव

काठमाडौं, २१ मंसिर ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कुन गठबन्धनमा रहने भनेर कुनै छलफल नभएको बताएका छन्। मंगलबार साँझ सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनमा रहने या विपक्षमा रहने भन्नेमा निर्णय हुन बाँकी रहेको बताए।

’चुनावी तालमेलको एउटा चरण सकिएको हो। बाँकी विषयमा छलफल भएको छैन,’ उनले भने, ’प्रधानमन्त्रीसँग मेरो हेलो–हाई मात्र भएको हो। थप कुराकानी भएको छैन।’ मंसिर ४ को निर्वाचनमा यादव नेतृत्वको जसपाले मधेस प्रदेशमा एमालेसँग गठबन्धन गरेको थियो भने अन्य केही क्षेत्रमा तालमेल गरेको थियो ।

जसपाले प्रत्यक्षतर्फ ७ क्षेत्रमा जितेको छ। समानुपातिकतर्फ थ्रेस होल्ड कटाएको छ। यादव ने सप्तरी क्षेत्र नम्बर २ बाट पराजित भएका छन्।

सेतोपाटी

हामी कुन गठबन्धनमा रहनेबारे छलफल भएको छैनः उपेन्द्र यादव

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!