यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,२१ मंसिर ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराई भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातोपाटी

यस्तो छ आजको मौसम पूर्वानुमान

आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने

यस्तो छ आजको मौसम पूर्वानुमान

हामी कुन गठबन्धनमा रहनेबारे छलफल भएको छैनः

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!