वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार बनाउँछः महासचिव भुसाल

काठमाडौं,२१ मंसिर ।

नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकमा संविधानको रक्षा, राजनीतिक संरक्षणका लागि गठन भएको गठबन्धनको साझा उम्मेदवारले सरकारको नेतृत्व गरी देशमा स्थायित्व र स्थिरतका कायम गर्ने बताए।

अबका केही सातामा बन्ने नयाँ सरकारले राष्ट्रको विकासका साथै जनताको सामाजिक रुपान्तरणका लागि योजनाबद्ध रुपमा सशक्त कार्यक्रम ल्याउने उनको भनाइ थियो।

यसैबीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई औपचारिक समारोहमा पार्टीमा स्वागत गरिएको थियो। मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र रुपमा उम्मेदवार दिएका गुरुङ निर्विरोध निर्वाचित भएका थिए। उनले पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शप्रति आफ्नो आकर्षण भएकाले उक्त सङ्गठनमा आबद्ध भएर जनसेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

जनताको आर्थिक तथा सामाजिक सेवामा सक्रिय हुन स्वतन्त्र सदस्य एक्लै नभई सङ्गठन वा पार्टीमा आबद्ध भएर जानुपर्ने भएकाले पनि आफू एकीकृत समाजवादी पार्टीमा निःशर्त औपचारिक रुपमा प्रवेश गरेको उनले बताए।

सेतोपाटी

वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार बनाउँछः महासचिव भुसाल

हामी कुन गठबन्धनमा रहनेबारे छलफल भएको छैनः

वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार बनाउँछः महासचिव भुसाल

वाद र विचारभन्दा माथि उठ्न जरूरी– महामन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!