भारत को रोहतक सहरमा रोहतक नगर प्रवासी नेपाली सम्मेलन सम्पन्न

काठमाडौं,२१ कात्तिक ।

१२औं भारत को रोहतक सहर मा रोहतक नगर प्रवासी नेपाली सम्मेलन भव्यता को साथ सम्पन्न भएको छ । सम्मेलन को प्रमुख अतिथि आठौं अभाप्रने सम्मेलन आयोजक समिति को सह संयोजक राम प्रसाद भट्टराई, अन्य अतिथिहरु समिति की सचिव हेमादेवी भट्टराई, समिति सचिवालय सदस्य ऋषिराम शर्मा, सोही समिति सदस्यहरु  शेषकान्त घिमिरे,  रवि तिरुवा,  निमान सिंह महतरा अन्य अतिथिहरु स्वदेश वाट आएका थिए ।

नेपाली जनता को प्यारो पार्टी नेकपा एमाले रुपन्देही जिल्ला मातहत वडा कमिटी का कमरेड हरिचन्द घिमिरे, कमरेड सावित्रा घिमिरे,कमरेड नरेन्द्रराज घिमिरे आदि अतिथिहरु को आतिथ्य रहेको थियो ।

सम्मेलन ले १५ सदस्यीय समिति निर्वाचित गरेको छ, र पाँच सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ, नवनिर्वाचित समिति को अध्यक्ष गोविन्द विश्वकर्मा को नेतृत्वमा सर्वसहमत १४ जना निर्वाचित गरेको छ भने एक स्थान रिक्त रहेको छ, त्यस्तै सल्लाहकार प्रमुख मिन वहादुर विश्वकर्मा को नेतृत्वमा ४ जनालाई सर्वसहमत निर्वाचित गरेको छ भने एक स्थान रिक्त छ ।

भारत को रोहतक सहरमा रोहतक नगर प्रवासी नेपाली सम्मेलन सम्पन्न

नेकपा (एस) का अध्यक्षसहित एमालेमा समाहित

भारत को रोहतक सहरमा रोहतक नगर प्रवासी नेपाली सम्मेलन सम्पन्न

छायन लिमीमा चुनावी रौनक

Leave a comment

Your email address will not be published. Required fields are marked *