छायन लिमीमा चुनावी रौनक

हुम्ला, २२ कात्तिक ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि हुन सकेका छैनन्। बाक्लो हिमपातले गर्दा लिमी जाने दुईवटा नाका बन्द भएकाले प्रत्यासी उम्मेदवार र राजनीतिक दलका नेताहरू लिमी पुग्न नपाएपछि यस्तो अवस्था भएको हो ।

लिमी हल्जी गाउँका स्थानीय खेन्डाप तामाङले हालसम्म लिमीका तीन गाउँमा कुनै पनि निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन हुन नसकेको बताए । आयोगबाट हुने मतदाता शिक्षाका कार्यक्रम र दलहरूबाट हुने निर्वाचन प्रचारका कार्यक्रम हुन नसकेका हुन्। उनले जिल्लाका सबैतिर निर्वाचनका लागि उम्मेदवार र दलका नेताहरू पुगेको भए पनि लिमीमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्षतर्फका प्रत्यासी बन्नुभएका १३ जना र समानुपातिकतर्फको कोही पनि उम्मेदवार पुग्न नसकेको बताए ।

उनले उम्मेदवारहरू नआएपछि लिमीका मतदाताले आफ्ना गुनासा, माग र आवश्यकता कसैलाई राख्न नपाएरै मत दिनुपर्ने अवस्था रहेको बताए । २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन र गत स्थानीय निर्वाचनमा धेरै टोली चुनावी प्रचारका लागि लिमी पुगेको भए पनि यस पटक भने कोही जान सकेका छैन्न । लिमी जाङ गाउँका अर्का स्थानीय सुनदोर्जी तामाङले प्रकृतिले पनि लिमीलाई अन्याय गरेको बताए।

उनले लिमी जाने बाटाहरू हिमपातले अवरुद्ध नबनाएको भए उम्मेदवार र नेताहरू गाउँमा आउने र आफ्ना कुरा राखेर मन परेको उम्मेदवारलाई भोट हाल्न पाउने अधिकारबाट पनि प्रकृतिले वञ्चित बनाएको बताए ।  अर्कातर्फ लिमी बाहिर रहनुभएका मतदातासमेत लिमी जान सक्ने अवस्था नभएकाले ती मतदातासमेत मतदानबाट वञ्चित हुनुपर्नेछ। उ

नले उम्मेदवारहरूसँग आफ्ना कुरा राखेर मत दिनुपर्नेमा त्यो यस पटकको निर्वाचनका लागि सम्भव नदेखिएको बताए । हालसम्म नेपालमा जति पनि निर्वाचन भएका छन् ती निर्वाचनमा यस्तो अवस्था भएको थिएन। मतदातामा निर्वाचनका बारेमा कुनै चहलपहल नभएपछि कहिले निर्वाचन हुन्छ भन्नेसम्मको ज्ञान देखिएको छैन। लिमीमा तीनवटा मतदान केन्द्र रहेका छन्।

तीनवटै मतदान केन्द्रमा गरी ५४१ मतदाता रहेका छन्। चुनावी प्रचारका लागि उम्मेदवारको लिमी जाने चाहना भए पनि लिमी जाने दुईवटै नाका चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटरको न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेका कारण यहाँ जान सक्ने अवस्था छैन।

गोरखापत्र

छायन लिमीमा चुनावी रौनक

भारत को रोहतक सहरमा रोहतक नगर प्रवासी

छायन लिमीमा चुनावी रौनक

प्रचण्डमय’ बन्दै कर्णाली, आज पाँच स्थानमा आयोजित

Leave a comment

Your email address will not be published. Required fields are marked *