परम्परागत रुपमा लाग्दै आएको बडाखोली मेला यस पटक नलाग्ने

दिलिप ढकाल
सुर्खेत,२१ कात्तिक ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बडाखोलीमा हरेक बर्ष लाग्दै आएको मेला यस पटक नलाग्ने भएको छ । आज गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बडाखोली मा बसेको सर्बदलिय बैठकले यस्तो निर्णय गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द वलीले जानकारी दिए ।

अघिल्ला धेरै बर्षहरुमा मा मेला लगाउदा उठेको व्यवसाय करको अहिले सम्म पनि कुनै हिसाबकिताब नदेखिएको तथा प्रतिनिधि तथा प्रदेश सभाको चुनाब नजिकिदै आएको हुनाले पनि सर्बदलिय बैठकले मेला नलगाउने निर्णय गरेको उनले बताए ।

अगिल्लो बर्ष बडाखोली बजार ब्यबस्थापन समितिले मेला लगाउने जिम्मा लिएको र ब्यबसाए लगाए बापत उठेको कर मात्र बजार ब्यबस्थापन समितिको खातामा जम्मा भएको आफुलाई जानकारीमा आएको अध्यक्ष वलिले बताए ।

चुनाब नजिकिएको र मेलामा विभिन्न ठाउ बाट रमाइलो गर्न र मेला अवलोकन गर्नको लागि मानिस गरु आउदा झैँझगडा हुने र सम्भावित दुर्घटना हुने अबस्थालाई मध्यनजर गर्दै बैठकले उक्त निर्णय लिएको हो। हरेक बर्षको मङ्सिर महिनामा लाग्ने यो मेलामा सुर्खेत सहित सल्यान जाजरकोट दाङ बाके बर्दिया लगाएतका जिल्ला बाट मेला अवलोकन गर्न आउने गर्छन।

वृद्धाश्रमका ज्येष्ठ नागरिक मतदानबाट वञ्चित :‘न भोट

परम्परागत रुपमा लाग्दै आएको बडाखोली मेला यस पटक नलाग्ने

नेकपा (एस) का अध्यक्षसहित एमालेमा समाहित

Leave a comment

Your email address will not be published. Required fields are marked *