वृद्धाश्रमका ज्येष्ठ नागरिक मतदानबाट वञ्चित :‘न भोट माग्न आउँछन, न सञ्चोबिसञ्चो सोध्न’

पुनम वि.सी.
सुर्खेत,२१ कात्तिक ।

देशसभा र प्रतिनिधिसभा निर्वाचनको तिथिमिति नजिकिंदै जाँदा उम्मेदवारहरु दिनहुँजसो कार्यकर्ताको लावालस्कर लिएर मतदाताका घरदैलौमा हात जोड्दै पुगिरहेका छन् । घरदैलौमा भोट माग्न पुग्ने अधिकांश उम्मेदवारले विकास निर्माणका साथै बूढापाकाले पाउने वृद्धभत्ताको विषयलाई मुख्य आकर्षणका रुपमा प्रचार गरेर वृद्धवृद्धाको भोट तान्ने जमर्कोपनि गरिरहेका छन् ।

वृद्धभत्ता पाउन त परैजाओस् घरपरिवाबाट समेत परित्यक्त भएर वीरेन्द्रनगर नगरपालिका वडा न ९ स्थित वृद्धाश्रममा बसिरहेका परिवारविहीन वृद्धवृद्धाको अगाडि न त कोहि उम्मेदवार वृद्धभत्ता भन्दै हात जोडेर भोट माग्न पुगेका छन्, न त सञ्चोविसञ्चो सोध्न नै । गएको बैशाखमा भएको स्थानीय तह निर्वाचनका बेलापनि प्रशान्ति वृद्धाश्रममा आश्रय लिईरहेका वृद्ध–वृद्धालाई कसैले एक वचन सोधपुछ गरेन।

त्यहाँ आश्रित वृद्धवृद्धाहरुले निर्वाचनमा मतदानपनि गरेनन् । आश्रममा अहिले २६ जना वृद्धवृद्धाले आश्रय लिईरहेका छन् । जसमध्ये ११ जना महिला र १५ जना पुरुष छन् । उनीहरुमध्ये केहिले यसअघि नै मतदाता परिचयपत्र समेत बनाएका थिए। वीरेन्द्रनगरबाटै मतदान गर्न पाउने अधिकार भएकाले समेत यस अघि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मतदान गरेनन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका तामझाम गाउँघरतिर भएपनि आश्रममा भने कुनै उत्साह समेत छैन । अहिले आफैसँग नागरिकता साथमा राखेका तथा यसअघि मतदान नामावलीमा नाम समावेश भएका मतदाताहरु समेत आश्रममा नभएका होइनन् । २६ जनामध्ये ६ जनासँग हाल साथमै नागरिकता छ । यसका साथै मतदाता नामावलीमा समेत उनीहरु समावेश भएका छन् ।

दैलेख स्थायी ठेगाना भएका वृद्ध खड्कप्रसाद आचार्यसँग अहिले आफ्ना कागजपत्र समेत केहि छैनन् । ६३ वर्षिय आचार्यले जीवनकालको धेरै समय भारतमा नै बिताए । ‘भोट हाल्ने कागजपत्र बनाएको थिएँ, अहिले साथमा छैन। उनी भन्छन्, कागजपत्र भेट्टाउन पाएको भए त भोट हाल्ने थिएँ ।’ यसैगरी रामेछाप घर बताउने विष्णु तिवारीसँग पनि मतदानका लागि कागजपत्रको कमी छ ।

यसअघि उनले रामेछापबाट मतदान गरेको सम्झिन्छिन्, ‘घरमा हुदा भोट हालेको हो । भूकम्पपछि सबै कागजपत्र कता गए, कता । अहिले आपूmसँग नागरिकता नै यहाँ छैन । कसरी भोट हाल्ने ममा आश्रय लिईरहेकी लक्ष्मी सुनार भन्छिन्, ‘पहिला पहिला भोट त हालियो । अब बुढाबुढी भयौँ । कागज पनि कता हराए कता ।’ लक्ष्मी अहिले ७८ वर्षकी भइन् ।

यसैगरी दैलेख स्थायी ठेगाना रहेका डम्मरबहादुर बुढासँग पनि मतदाता परिचय पत्र छ । ८० वर्षीय बुढाले यसअघिका धेरै निर्वाचन देखे, केहिमा मतदान पनि गरे । तर अहिले भने उनमा मतदान गर्ने उत्साह छ तर उनले सम्भावना भने देखेका छैनन् । उनी भन्छन्, ‘यहिबाट भोट हाल्न पाए हुन्थ्यो । अब कसरी व्यवस्था होला र मकी उपाध्यक्ष शीतलसिंह राठौरले आश्रममा रहेका ज्येष्ठ नागरिक सबैसँग मतदाता परिचय पत्र नै नभएको जानकारी दिइन् ।

केहिसँग मात्र नागरिकता तथा मतदाता परिचयपत्र भएपनि मतदानमा सहभागी गराउन नसकिएको उनले बताइन । यस विषयमा निर्वाचन आयोगसँग छलफल समेत भएको राठौर बताउँछिन् । अ ाय ा ेगक ा े सुर्खेत कार्यालयले आश्रममा धेरै संख्यामा मतदाता रहेको अवस्थामा सोहि स्थानमै मतदान गराउने व्यवस्था गरिने सक्ने जनाएको छ । तर ६ जना मात्र मतदाता रहेकाले आयोगले समेत सहयोग गर्न नसकिने जवाफ दिएको उनले बताइन् ।

‘हामीले यसअघि उहाँहरुको कागजपत्र खोजीका लागि पनि पहल गरेका थियौं । ’ उनले भनिन्, ‘विभिन्न जिल्ला प्रशासन कार्यालयमा नागरिकताको खोजी गर्नु हाम्रा लागि कठिन फेला पार्न सकिएन ।’ चाहिनेजति जनशक्ति र आर्थिक श्रोतसमेत नभएकाले आपूmहरुको प्रयास सफल नभएको राठौरले उल्लेख गरिन ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आश्रममा रहेका नागरिकलाई सामानुपातिक तर्फको मतदान गर्न पाउने अधिकार रहन्छ । मतदाता नामावली भएकै स्थान भए प्रत्यक्ष, नभए समानुपातिक मत दिने अधिकार छ । तर हाल उनीहरु सबैले मतदानको अधिकार पाएका छैनन् ।

सामाजिक सेवामा जोडिएको आश्रमलाई अर्को समस्या पनि छ, वृद्धवृद्धालाई मतदान गराउँदा संस्थाप्रति आउनसक्ने राजनीतिक आक्षेप । निर्वाचनका समयमा आश्रमका वृद्धवृद्धाहरु मतदानमा सहभागी हुँदा एकै चुनाव चिन्हमा मतदान हुने अथवा उनीहरुको मत प्रभावित हुनसक्ने शंका संस्थाले देखेको छ । ‘बुवाआमाले मतदान गर्दा पनि हामीलाई हेर्ने सामाजिक नजर फरक हुनसक्छ । आरोपहरु खेप्नुपर्ने अवस्था पनि सृजना नहोला भन्न सकिन्न। राठौरले भनिन्, तर अधिकारका सवालमा भने सबै बुवा–आमाको मतदान अधिकार गुमेको देखिन्छ ।’
नामावली भएकालाई मतदानको व्यवस्था

प्रशान्ति वृद्धाश्रममा आश्रय लिईरहेका ज्येष्ठ नागरिकमध्ये मतदाता नामावलीमा नाम भएका वृद्धवृद्धालाई मतदानमा सहकागी गराइने निर्वाचन आयोगले जनाएको छ । आयोगको सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले भने, ‘ मतदाता नामावलीमा नाम भएकाहरुलाई मतदानको व्यवस्था गरेका छौ । उहाँहरुले समानुपातिक तर्फ मतदान गर्न पाउनुहुनेछ ।’आश्रम नजिकैको मतदान केन्द्र मार्फत मतदान गर्न सकिने उनले जानकारी दिए ।

वृद्धाश्रमका ज्येष्ठ नागरिक मतदानबाट वञ्चित :‘न भोट माग्न आउँछन, न सञ्चोबिसञ्चो सोध्न’

परम्परागत रुपमा लाग्दै आएको बडाखोली मेला यस

Leave a comment

Your email address will not be published. Required fields are marked *