बाफिकोटमा बालबिकास शिक्षिकाहरुको गाउँपालिका स्तरिय भेला सम्पन्न

प्रचण्ड खत्री
रुकुम पश्चिम,२१ कात्तिक ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका बालबिकास शिक्षिकाहरुको गाउँपालिका स्थरिय भेला सम्पन्न भएको छ । प्रथम गाउँपालिका सम्मेलनबाट १३ सदस्यीय कार्यसमिति गठन भएको छ । जसको अध्यक्षमा धनकुमारी लामिछाने ,उपाध्यक्षमा पुतला केसि , सचिबमा कृष्णकुमारि पौडेल र कोषाअध्यक्षमा भिमकुमारी नाथ चयन भएको बताएको छ ।

बालबिकास शिक्षिका सन्जाल समिती रुकुम पश्चिमकि अध्यक्ष निर्मला ओलिले प्रमुख आतिथ्यता रहेको थियो भने त्यस्तै गाउपालिका अध्यक्ष जनककुमार बाठा , गाउँपालिका उपाध्यक्ष तारा बुढा , प्रमुख प्रशासकिय अधिकृत दुर्गाबहादुर ओलि लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
बालबिकास शिक्षिकाहरुलाई माथी उठान गाउँपालिका सहयोग गर्ने भएको छ । उनिहरुलाई तालिमको आयोजना गरि भिभिन्न ज्ञान सिकाउने उदेश्य रहेको छ । धनकुमारी लामिछानेको अध्यक्षमा भएको कार्यक्रम सञ्चालन कृष्णकुमारी पौडेलले गरेकि थिइन् ।





