सडक सुचारू गर्ने नगर प्रमुख सहितको टोलि जेसिविसँगै पछिपछि

दुर्गा वि सि
सल्यान,२१असोज ।

३ दिनसम्म परेको अविरल वर्षाका कारण आफ्नो क्षेत्रमा जेसिवि सहित नगर प्रमुख कर्णवहादुर वुढाथोकि,उप प्रमुख पुरुषोतम आचार्य,६ नं वडा अध्यक्ष गणेश विसि र नगरका सलेपा घनश्याम विसि सहितको टोलि विहानै देखि व्यस्त रह्य ।

ठाउँ ठाउँबाट अवरुद्ध सडक सुचारूका खबर आइरहेको थियोे ।रुकुम चौहारजारि सडक खण्डको सुनौलि वजारसम्मको ठाउँ ठाउँको पहिरो पन्छाएर पुनः छिन्चु जाजरकोट सडक खण्डको धारापानिसम्मको अधिकांश ठाउँमा झरेको पहिरो पन्छाएर उक्त टोलि वेलुकि ७ः००वजे घर फर्केको छ ।

विचबाटोमा गाडी नपाएर अलपत्र परेका दर्जनौं नागरिकलाई नगरपालिकाको गाडिले लिफ्ट समेत दिएको छ ।सडक सुचारू गर्दै अलपत्र नागरिक सुर्खेत समेत पठाउने काम गरिएको छ ।यसको लागि नगरपालिकाका प्रमुख वुढाथोकि,उप प्रमुख आचार्य वडा अध्यक्ष विसि र ु घनश्याम धन्यवादका पात्र बने ।

नगरले अलपत्र नागरिकको ओसारपसारका लागि गाडीको व्यवस्था र ठाउँ ठाउँमा आफ्नो क्षेत्रमा अवरुद्ध सडकको तत्कालीन सुचारू गरि नागरिक प्रतिको दुखमा विश्वास दिलाउने काम गरेको छ । विचबाटो विरामि वोकेका एम्बुलेन्सहरु सडक सुचारू पश्चात् गन्तव्य तय गरे ।

आफ्ना नागरिकलाई विपत्तिमा नआतिन र धर्यताका साथ पहिलो जिउज्यानको सुरक्षा गर्न त्यस पश्चात् मात्रै धनमालको सुरक्षामा ध्यानदिन नगर प्रमुख वुढाथोकिको अपिल छ ।बनगाडमा दुई खोला,भेरिनदिको कटान पटान र अधिकांश घरहरु कच्ची भएकोले धेरै क्षेती भएको अनुमान छ ।वर्षा रोकिए पश्चात् सबै क्षेति संकलन हुने जनाएको छ ।

सडक सुचारू गर्ने नगर प्रमुख सहितको टोलि जेसिविसँगै पछिपछि

बाढीले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सडक सुचारू गर्ने नगर प्रमुख सहितको टोलि जेसिविसँगै पछिपछि

लोसपा नेताहरु बालुवाटारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *