बाढीले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सुर्खेत,२१ असोज ।

कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो ।

संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीले गएराति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको जानकारी दिए । यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै १० लाख रूपैयाँको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो।

8’afg k/]sf] If]q
;’v]{t, @! c;f]hM jL/]Gb|gu/sf] tNnf] If]q cnforf}/ / 3f]u|]gL aLr efudf /x]sf] al8uf8 vf]nfdf cfPsf] e]nn] 8’afgdf kf/]sf] If]q . clj/n jiff{sf ;’v]{tsf] ljleGg :yfgdf af9Lsf] hf]lvd a9]sf] 5 . tl:a/M ;’/]z cfrfo{÷/f;;

उक्त समस्या समाधान हुनेबित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो । इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरूद्ध भएको हो। पानीको बहाव कम हुने बित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए ।

सेतोपाटी

बाढीले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

पहिरोले अवरुद्ध सडकः केही खुले, केही खुल्न

बाढीले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

सडक सुचारू गर्ने नगर प्रमुख सहितको टोलि

Leave a comment

Your email address will not be published. Required fields are marked *