भेरीगंगा नगरपालिका: उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी शर्माद्धारा उम्मेदवारी स्थगन
दिलिप ढकाल
गुर्भाकोट ।सुर्खेतको भेरीगंगा नगरपालिकाको उप मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकि सिता शर्माले आफ्नो उम्मेदवारी स्थगन गरेकी छन् ।
आज शनिबार विज्ञप्ति जारी गर्दै शर्मा उम्मेदवारी स्थगन गरि नेकपा एमालेका उमेदवार लाई विजयी गराउन प्रतिबद्द भएर लाग्ने प्रतिवद्धता जनाएकि छन्।
भेरिगंगा नगरपालिमा नेकपा एमालेको तर्फ बाट उपमेयरमा दाबि गरेकी शर्माले टिकट नपाएपछि स्वतन्त्र रुपमा उमेद्वारी दर्ता गरेकी थिईन।
निर्वाचन अधिकृतको कार्यालय छिन्चु बाट गुलाबको फुल चुनाव चिन्ह लिएर उनी करिब एक हप्ता मत माग्दै घर–घरमा पुगेकी थिइन। साथै आफ्नो उमेद्वारी कायम रहेको बेला चुनावी प्रचार–प्रसारमा साथ् दिने सबै लाई धन्यबाद समेत दिएकि छन्।







