२०८३ असार २ गते
×

Now Playing

राप्रपा, पुतली र समाजवादीका कार्यकर्ताद्वारा वि.व्य.स.अध्यक्षमाथि कुटपिट

कालिकोट । कालिकोटको सान्नीत्रिवेणि गाउँपालिका वडा नम्बर १ मा राप्रपा,पुतली चुनाव चिन्ह लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका मोहन बहादुर केसी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित ५ जना स्थानीयलाई कुटपिट गरेका छन् ।

उनीहरुको कुटपिटबाट सान्नीत्रिवेणि वडा नम्बर २ को चन्द्रज्योती आधारभूत विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर तिरुवा, स्थानीय परेक तिरुवा,धनमल तिरुवा,हस्त तिरुवा र बिनोद तिरुवा घाइते भएका छन् । घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार पछी थप उपचारका लागि मान्मस्थित जिल्ला अस्पतालमा लगिएको छ ।

उनीहरुको टाउको, आँखा र छातीमा गम्भीर चोट लागेको छ । पुतली चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका केसीका कार्यकर्ता नारायण बहादुर शाही (नरेश) ,ध्वज बहादुर शाही, मिठ्ठुदेवी बम (शैलजा), जनक केसी (अपिल) र सुरेन्द्र भनिने धन बहादुर केसी लगायतले कुटपिट गरेका स्थानीयले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार राप्रपाका केन्द्रिय सह महामन्त्री धन बहादुर बुढा र एकीकृत समाजवादीका कालिकोट अध्यक्ष विश्वराज वमको निर्देशनमा विध्यालय ब्यबस्थापन समितिका अध्यक्ष लगायतका स्थानीयलाई कुटपिट गरेका हुन् । राप्रपा,पुतली र समाजवादीले चन्द्रज्योति आधारभूत विद्यालयमा शनिबार चुनावी सभा गरेका थिए ।

चुनावी सभामा राप्रपाका केन्द्रिय महामन्त्री बुढाले स्वास्थ्य चौकी चुच्चेढुङ्गामा राख्नुहुन्न भनेर भाषण गर्दै गर्दा विध्यालय व्यवस्थापन समिति अध्यक्ष लगायत स्थानीयले बिरोध गरेका थिए । बिरोध गरेको आरोपमा उनीहरुले स्थानीयलाई कुटपिट गरेका हुन् ।बुढाले चुच्चेढुङ्गामा स्वास्थ्य चौकी राख्नुहुन्न भन्दै बिगतमा अदालतमा मुद्दा समेत चलाएका थिए । उनको क्रियाकलापबाट विगतदेखि नै स्थानीय आक्रोशित हुँदै आएका छन् ।

राप्रपा, पुतली र समाजवादीका कार्यकर्ताद्वारा वि.व्य.स.अध्यक्षमाथि कुटपिट

मतदाता शिक्षाको अभाव : सुर्खेतमा नमूना मतदान

Leave a comment

Your email address will not be published. Required fields are marked *