वीरेन्द्रनगर–११ मा काँग्रेसको घोषणापत्र : शान्तिनगर, झुप्रा र वालुवाटार टोलमा विद्युत सेवा पु¥याउँने

सुर्खेत । यहाँकाे वीरेन्द्रनगर नगरपालिका -११ मा नेपाली काँग्रेसले आफ्नाे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले  सबै भन्दा चर्चामाे विषय बनेका वालुवाटार र शान्तिनगर टाेलमा विद्युत पुर्याउने उल्लेख गरिएकाे छ  ।

कांग्रेसबाट वडा अध्यक्ष पदका लागि कुलबहादुर खत्री  उम्मेदवार बनेका छन् । उनले भने,’ वडा भित्रको रिङरोडको स्तर उन्नती गर्ने, सिँचाई सुविधाका लागि एक टोल एक बोरिङको व्यवस्था गर्ने, कृषि उत्पादनलाई वृद्घिगरि जीवनस्तर माथि उठाउन कृषकहरुलाई पानी तान्ने पम्प र विद्युतिय मोटर सहुलियतमा उपलब्ध गराउँने जस्ता योजना घोषणापत्रमा समावेश गरिएको छ ।’

जेष्ठ नागरिकहरुलाई बार्षिक रुपमा सम्मान गर्ने, सामाजिक सुरक्षा भत्तालाई सहजरुपमा उपलब्ध गराउँने, वडा क्षेत्रमा कम्तिमा २ वटा योग साधन केन्द्र स्थापना गर्ने, वडाका सबै टोल तथा सार्वजनिक स्थलमा इन्टरनेट सेवा सहज र शुलभ बनाउन पहल गर्ने र माछा पालन, मौरी पालन, बाख्रा पालन, पन्छी पालन तथा गाई भैसी पालनको अलग अलग समुह बनाई तालीमको व्यवस्था तथा प्राविधिक सहयोग गरिने योजनाहरु प्रतिबद्धतामा उल्लेख गरिएका छन् ।

यस्ता छन् प्रतिबद्धताहरु

खानेपानी तथा सिचाईं

-एक टोल एक बोरिङको व्यवस्था गरिनेछ ।
-खानेपानीको न्युनतम शुल्क मिनाह गर्न पहल गरिनेछ ।
-प्रयोगमा आईरहेको सार्वजनिक खानेपानीका कुवाहरुको स्तर उन्नति तथा संरक्षण गरिनेछ ।
-कृषि उत्पादनलाई वृद्घिगरि जीवनस्तर माथि उठाउन कृषकहरुलाई पानी तान्ने पम्प र विद्युतिय मोटर सहुलियतमा उपलब्ध गराईने छ ।

विद्युत तथा सञ्चार

-शान्तिनगर टोल, झुप्रा र वालुवाटार टोलमा विद्युत सेवा पु¥याईने छ ।
-उज्यालो वडा कार्यक्रम अन्तर्गत बाह्रै महिना विजुली पोलहरुमा वत्ति वाली सडक उज्यालो बनाईने छ ।
-वडाका सबै चोकहरुमा हाईमास लाईटको व्यवस्था गरिनेछ ।
-ई–सेवा र वैकिङ्ग शाखाको व्यवस्था हुने छ ।
-वडाका सबै टोल तथा सार्वजनिक स्थलमा इन्टरनेट सेवा सहज र शुलभ बनाउन पहल गरिनेछ ।

कृषि तथा पशुपालन

-टोल समिति मार्फत अनुदानमा मल तथा विउको व्यवस्था गरिनेछ ।
-कृषि क्षेत्रमा प्रयोग हुने औजारहरुमा ५० प्रतिशत अनुदान उपलब्ध गराईने छ ।
-माछा पालन, मौरी पालन, बाख्रा पालन, पन्छी पालन तथा गाई भैसी पालनको अलग अलग समुह बनाई तालीमको व्यवस्था तथा प्राविधिक सहयोग गरिनेछ ।
-पशुपालक कृषकहरुका समस्यालाई ध्यानमा राखी पशु स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिनेछ ।
-वडा भित्रका ढोलढुङ्गा, सिमलकुना, चौकेढुङ्गा तथा चारकुने क्षेत्रलाई कृषि पकेट क्षेत्र निर्धारण गरि आधुनिक कृषि कार्यक्रम (तरकारी, फलफुल तथा पशुपालन) सञ्चालन -गरिनेछ ।
-कृषिलाई उत्पादनमुखी, आधुनिक तथा व्यावसायिक बनाउनका लागी अर्गानिक कृषि मल केन्द्रको स्थापना गरिनेछ ।

सामाजिक सुरक्षा तथा न्याय सम्बन्धी

-गाग्रेताल वस्तिपुर देखि चौकेढुङगासम्मको क्षेत्र भित्र आवश्कताको आधारमा प्रहरी बिटको व्यवस्था गरिनेछ ।
-सामाजिक सुरक्षा भत्तालाई सहजरुपमा उपलब्ध गराईने छ ।
-वडाको विभिन्न स्थानमा समय समयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने छ ।
-वडा कार्यालयबाट भएका कार्यक्रमहरुको सामाजिक लेखा परीक्षण गरिने छ ।
-वडा कार्यालयबाट प्रवाह हुने नियमित सेवासुविधाहरुलाई प्रभावकारी तथा जनमैत्री बनाइने छ ।
-महिलाहरुका लागि वितरण भईरहेको सेनिटरी प्याड तथा स्वास्थ्य सामाग्रीहरु टोल समिति मार्फत वितरण गर्ने व्यवस्था गरिने छ ।
-वडा क्षेत्रका चोकहरुमा चौतारा बनाईने छ । आवश्यक ठाउँमा वृक्षारोपण गरिने छ ।
-वडाको उपयुक्त स्थानमा कम्तिमा दुईवटा पार्क तथा बाल उद्यानको निर्माण गरिने छ ।
-जेष्ठ नागरिकहरुलाई बार्षिक रुपमा सम्मान गरिने छ ।

भौतिक पूर्वाधार

-राजमार्गसँग जोडिएका उत्तर दक्षिणका सडकहरुको स्तर उन्नती गरी कालोपत्रे गरिने छ ।
-कटिङ, नाला निर्माण तथा ग्राभेल गरी भित्री सडकहरुको स्तर उन्नती गरिनेछ । स्तर उन्नती गर्दा नगरपालिकाको सडक मापदण्डको पालना गरिनेछ ।
-वडा भित्रको रिङरोडको स्तर उन्नती गरिने छ ।
-वडा भित्र कम्तिमा २ स्थानमा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरिनेछ ।
-वडा भित्रका चार वटा स्थान (गाग्रेताल, धूलियाबिट, सूब्बाकुना र चारकुने) मा खुल्ला व्यायामशाला निर्माण गरिनेछ ।
-नेवारे खोला तथा गाग्रेताल नारामा तटबन्धन तथा आवश्यकता अनुसार पक्की पूल निर्माण गरिनेछ ।
-वालूवाटार वस्तिमा पुग्ने सडक निमार्ण गरिनेछ ।
-छाडा पशुचौपाया नियन्त्रण तथा संरक्षणका लागी व्यवस्थित गौशाला निर्माणमा पहल गरिनेछ ।

शिक्षा तथा स्वास्थ्य

-पूर्व प्राथमिक तहका कक्षाहरुलाई शैक्षिक सामग्री लगायत भौतिक पूर्वाधारले सम्पन्न गरिने छ ।
-विद्यार्थीहरुको निःशूल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिने छ ।
-विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्रीको उचित व्यवस्थापन गरिने छ ।
-अति गरिव तथा विपन्न विद्यार्थीलाई निःशूल्क पोसाकको व्यवस्था गरिने छ ।
-सामुदायिक विद्यालयहरुमा अँग्रेजी माध्यामबाट पठनपाठनलाई प्रोत्साहन गरिने छ । साथै आ–आफ्नो मातृ भाषाको संरक्षणको नीति लिइने छ ।
-सामुदायिक विद्यालयहरुमा अध्ययनरत कमजोर विद्यार्थीहरुका लागि निःशूल्क अतिरिक्त कक्षा संचालन गर्न विद्यालयहरुलाई प्रोत्साहन गरिने छ ।
-वडावासीलाई छिटोछरितो स्वास्थ्य संस्थामा पुग्नका लागि एम्बुलेन्सको सहज व्यवस्थापन गरिने छ ।
-वडा क्षेत्रमा कम्तिमा २ वटा योग साधन केन्द्र स्थापना गरिने छ ।
-वडा भित्र रहेका धार्मिक स्थलहरुको संरक्षण तथा संवद्र्धन गरिने छ ।
-वडा क्षेत्र भित्र कम्तिमा २ वटा सार्वजनिक पुस्तकालयहरुको स्थापना गरिने छ ।
-यस क्षेत्र भित्रका युवा तथा बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि वडा क्षेत्र भित्र कम्तिमा २ वटा सार्वजनिक खेलमैदानहरु निर्माण गरिने छ ।
-युवा विद्यार्थी तथा खेलाडीका लागि आवश्यक खेलकुदका सामग्रीहरु निःशुल्क उपलब्ध गराई खेलकुदका क्रियाकलापहरुलाई प्रोत्साहन गरिने छ ।

वीरेन्द्रनगर–११ मा काँग्रेसको घोषणापत्र : शान्तिनगर, झुप्रा र वालुवाटार टोलमा विद्युत सेवा पु¥याउँने

मोहनमायको पक्षमा वीरेन्द्रनगरमा महिलाको चुनावी ¥याली :

Leave a comment

Your email address will not be published. Required fields are marked *