फोनको टावर नहुँदा स्थानीय समस्यामा

बरम बहादुर ऐडी
गमगढी (मुगु), २३ फागुन ।
मुगु सदरमुकाम गमगढीदेखि २ दिन हिडेर पुगिने दोल्फु गाउँमा लामा जातिको बसोबास रहेको छ । यहाँ ४६ घरधुरी बसोबास गर्ने गरेका छन् । यहाँको मुख्य पेसा यार्सा लगायतका विभिन्न जातका जडिबुटी संकलन विक्रि यहाँको मुख्य पेसा हो ।
यहाँकाबासीन्दाले चौरी घोडा–घोडी पाल्ने गरेको पाईन्छ । हिउँदमा हिउँ आउने भएकोले केहि ब्यक्ति त्यहि गाउँमा बस्छन भने केहि ब्यक्ति आफ्नो पाईक पर्ने स्थानमा गएर बस्ने गरेका छन् । अनि फागुनको महिना लागेमा आफ्नो गाउँमा जाने गरेको त्यहाँका स्थानीय बासिन्दा तेनजिन छोई साङ लामाले बताउनुभएकोछ ।
‘यो केहि समय अगाढि हेल्लो नेपालको टावर थियो त्यो बन्द भएको धेरै साल बित्यो । गाउँमा गएपनि फोन टावरको समस्या हँुदा हरेक काम गर्नदेखि लियर नयाँ खबर पाउन समस्या भएको छ ।’
आफ्नो काम भएमा घरदेखि १ घण्टा लगाएर (भोटे भाषामा नोरकी लेख) को डाँडामा गएर फोन गर्नुपर्छ । फोन टावरको लागि बिभिन्न निकायलाई भने पनि यसको सुनुवाइ भएको छैन ।
अनि राजनितिक दलका नेताहरु पनि चुनावको समयमा आयर भोटको लागि टावरको काम जसरी पनि गरिदिने बाचामा भाषण गरेर आफ्नो पक्षमा भोट हालिदिन भनि अनुरोध गरेर फरकिने गरेका छन् ।
पछि चुनाबमा जितिसकेपछि कहिले पनि गाउँमा नआउने गरेका छन् । फोन टावरको लागि नेता लगायत अन्य निकायलाई बुझ्दा हुन्छ भनेर भन्ने गरेका तर हालसम्म पनि यसको सुनुवाई नभएको कुरा त्यस गाउँका वडा सदस्य घोन्बु लामा (तामाङ) ले बताएका छन् ।
सरोकारवाला निकायको समयमा ध्यान जावस भन्ने आसा यहाका समुदायले माग गरेका छन् । यो समस्या छिटो समाधान हुनेमा हामी आसाबादी छौं भनेर भनेका छन् ।






