भोट तान्न आकर्षक नारा

कालीकोट,२० कात्तिक ।

उम्मेदवारी मनोनयनदेखि बुधबारसम्म बढीमा २५ जनाको समूहमा घरदैलो गरेका उम्मेदवारले बिहीबारदेखि बृहत् कार्यक्रम आयोजना गर्न थालेका छन । दलका उम्मेदवारले आमसभा, ¥याली, जुलुस र प्रचारप्रसारलाई तीव्र बनाएका छन्  ।

अहिले ठाउँठाउँमा चुनावी सभा आयोजना हुन थालेका छन् । कांग्रेस, माओवादी केन्द्र, राष्टिय जनमोर्चासहितको गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाही र प्रदेशसभा १ (२) का उम्मेदवार हिक्मतबहादुर विष्टको टोलीले विकासका प्रतिबद्धता जनाएका छन्  । उनीहरू विकट पलाताको राडुनेटा पुगेर खानेपानी, खाद्य डिपोको नियमित सञ्चालन, यातायातको सहज पहुँचलगायतका विकासे प्रतिबद्धता गरेका हुन्  ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पलाताको समृद्धि दिगो विकास, आधारभूत आवश्यकता परिपूर्ति निकासको नारा अघि सारे । उनले आफूले प्रतिनिधिसभा सदस्यमा चुनाव जिते दीर्घकालीन विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र कर्णाली मैत्री नीतिनियम बनाउने बताए ।

आफू ऊर्जामन्त्री भएको बेला उनले कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पु¥याएको दाबी गरे । संयुक्त गठबन्धनले शुक्रबार महेन्द्रबहादुर शाहीको घर पर्ने पचालझरनाको पडैछा चौरमा चुनावी सभा गरेको छ । जहाँ उम्मेदवारहरूले संविधान बचाउन गठबन्धनलाई जिताउनुपर्ने तर्क गरे ।

एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार नगिन्द्र शाही र प्रदेशसभाका उम्मेदवार वीरेन्द्रबहादुर बोगटीले सान्नी त्रिवेणीमा मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन । शाहीले कालीकोटको आर्थिक विकास, स्वरोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, सिँचाइलगायतका पूर्वाधारसहित कर्णालीमैत्री कानुन बनाउन आफूलाई मत दिनुपर्ने बताए ।

कान्तिपुर

भोट तान्न आकर्षक नारा

फोहोर व्यवस्थापनमा सधैं चुनौती

भोट तान्न आकर्षक नारा

विगतका राजनीतिक तितामिठा कुरा भुलेर गठबन्धनका पक्षमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!