विगतका राजनीतिक तितामिठा कुरा भुलेर गठबन्धनका पक्षमा जुट्न नेताहरूको आग्रह

दुर्गा वि.सी.
कार्तिक,२० सल्यान ।
पश्चिम सल्यानमा बाम–गठबन्धनको चुनाव कार्यक्रम सम्पन्न भएको छ ।बृहत् भेला तथा अगुवा कार्याकर्तालाई सम्वोधन गर्दै एकीकृत समाजवादी नेता प्रकाश ज्वालाले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सल्यानमा सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।
ज्वालाले जिल्लाको बनगाड कुपिन्डेमा सत्ता गठबन्धनको एक संयुक्त कार्यक्रममा बोल्दै सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न र संविधानको रक्षा गर्न गठबन्धनक साझा उम्मेदवारलाई विजय बनाउन आवश्यक रहेको बताए । सल्यान बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका ज्वालाले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेकोले खासै सोचेजस्तो काम गर्न नपाएको बताए ।

आफु प्रदेश अर्थमन्त्री हुदा थुप्रै विद्यालय भवन,स्वास्थ,प्रहरी चौकी,नगरपालिका,गाउँपालपकाका प्रसासकिय भवन,वडा भवन,विद्युतिकरण,सिचाइ,तटबन्धन,खानेपानी सडकमा काम भएको जनाउँदै सल्लि चौहरजारि सडक खण्डमा ६५ करोड र वालुसँग्रही खलंगा सडकमा ४० करोड विनियोजन भइ कामको चरणमा रहेकोले धेरै नआतिन आग्रह गरिएको छ ।
‘संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगाउन लाग्दा हामीले पहिले सोचे जस्तो काम गर्न नपाएको हो,अब हामी समग्र सल्यानको यस भेगको देखिने गरी काम गर्छौँ ,’ आइतबार सल्लिबजारमा भएको संयुक्त चुनाव प्रचारप्रसार कार्यक्रममा उनले भने ।

बनगाडमा आइतबार मतदाताहरूसँग घरदैलो कार्यक्रममा मतदाताहरूले आफूलाई पानी र सरकारी सेवाहरूको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको र आफूहरू जनताका गुनासो लाई चुनाव पछि सम्बोधन गर्ने पनि बताए ।
यस्तै प्रदेश सभा क का उम्मेदवार तथा माओवादी केन्द्रका नेता भीम प्रकाश शर्माले यस पटक मतदाताहरूले गठबन्धनका साझा उम्मेदवारको पक्षमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै बनगाडका नागरिकका समस्या सम्बोधन गर्न आफू चुनाव जितेपछि पनि हरेक जनताकै पक्षमा काम गर्ने बताए । गठबन्धनका साझा उम्मेदवार शर्माले यस क्षेत्रमा रहेको पानीको मुख्य समस्यालाई तीन वटै तहका सरकार लागेर समस्या समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।
वाम लोकतान्त्रीक गठबन्धनको बनगाड कुपिण्डे नगरपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्नता भएको छ ।यो विशाल भेलालाई गठबन्धनका प्रतिनिधि सभा सदस्य सल्यानका उमेदवार प्रकाश ज्वाला,प्रदेश क का उमेदवार भिम प्रकाश शर्मा,निर्वाचन परिचालन समितिका जिल्ला संयोजक तथा केन्द्रका नेता टेकबहादुर वस्नेत,सह संयोजक नेपालि कांग्रेसका जिल्ला सभापति केशवहादुर विष्ट,माओवादी केन्द्रका निर्वाचन सह संयोजक कृतिवहादुर पुन,नेकपा समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा निर्वाचन सह संयोजक हरि केसि,समाजवादीका केन्द्रीय सदस्यीय लोकवहादुर डाँगी लगाएत थुप्रै नेताहरुले सम्वोधन गरेका थिए ।
स्थायित्व,संविधान रक्षा र दिगो विकाससँगै शुशासनका निम्ति गठबन्धन अपरिहार्य रहेको औंल्यादै,विगत सबै तितामिठा कुरा भुलेर मंसिर ४ मा संघमा कलम,प्रदेश क मा हसिया हथौड़ा र प्रदेश ख मा रुख चिन्ह निसन्धेयपुर्न्न तवरले मतदान गर्न आम नेतृत्वको अगुवा कार्याकर्तालाई निर्देश रहेको छ ।




