पहिरोले ३० दिनदेखि अवरूद्ध कर्णाली करिडोर खुल्यो

मान्मा,२० कात्तिक ।

पहिरोले अवरूद्ध रहेको कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो । असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरूद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जारकोटसम्म खुलेको छ ।

सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरूद्ध रहेको कर्णाली करिडोरको पहिरो तीन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए। अहिले पहिरो खस्न कम भएपछि करिडोरको लुसा खण्ड खुलाएर पचाल झरनाको जारकोटसम्मको सडक सञ्चानमा आएको छ,’ उनले भने, ‘त्यहाँबाट अगाडि अन्य ठाउँमा पहिरो गएका छन्। तिनीहरू पनि खुलाउने काम तीव्र पारिएको छ।’

गत असोज १९ देखि असोज २६ गतेसम्म परेको अविरल वर्षाले करिडोर क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरो गएकाले कर्णाली करिडोर अवरुद्ध हुन पुगेको प्रमुख यादवले जानकारी दिए । अन्य ठाउँको भन्दा लुसामा गएको पहिरो अलि जटिल खालको थियो,’ उनले भने, ‘लुसाको पहिरो पन्छाएपछि अन्य ठाउँको पहिरो पन्छाउन कुनै समस्या छैन।’

कर्णाली करिडोरको घाटपारी चौरलगायतका क्षेत्रमा पहिरो पन्छाउने काम चलिरहेकोले हुम्लाको सिमाना सलिसल्लासम्म एक हप्ताभित्र नै यातायातका साधन चल्ने प्रमुुख यादवको भनाइ छ।

करिडोरका पहिरो जाँदा यातायातका साधन सञ्चालनमा समस्या भएको अहिले कालीकोटको पचालझरनाको जारकोटसम्म यातायात सञ्चालनमा र केही दिनमा अन्य ठाउँको पहिरो पन्छाएपछि पूर्णरूपमा यातायातका साधन सञ्चालनमा ल्याउने मानसरोवर यातायात प्रालिका इञ्चार्ज ललित बमले जानकारी दिए।

‘सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन गर्न पाएका थिएनौं,’ उनले भने, ‘यातायातका साधन नचल्दा नागरिकले सास्ती बेर्होनु परेको थियो।’ कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुुम्ला सिमकोटसम्म एक सय ९६ किलोमिटर लम्बाइ छ। जसअन्तर्गत कालीकोट जिल्लामा ४० किमी सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किमी र हुम्ला जिल्लामा एक सय १३ किमी छ ।

सेतोपाटी

पहिरोले ३० दिनदेखि अवरूद्ध कर्णाली करिडोर खुल्यो

१० खेलाडीमा सिमित म्यानचेस्टर सिटीको रोमाञ्चक जित,

पहिरोले ३० दिनदेखि अवरूद्ध कर्णाली करिडोर खुल्यो

जग्गा र लालपूर्जाको चुनावी वाचा, भूमिहिन सोध्छन्ः

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!