सत्ता गठबन्धनको बैठक सुरू

काठमाडौं,२० असोज ।

निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकले अन्तिम प्रयास गर्ने जसपाका प्रवक्ता मनिस सुमनले बताए ।

अब अन्तिम पटक सिट बाँडफाँटको प्रयास हुन्छ। अब हामी धेरै कुर्न सक्दैनौं,’ सुमनले भने, ’आजको बैठक निर्णायक हुन्छ ।’ गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्। एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ । यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतको दाबी छ ।

जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ । उसले पनि १८ देखि २० सिटका लागि प्रयास गरेको स्रोतको दाबी छ ।

सेतोपाटी

सत्ता गठबन्धनको बैठक सुरू

कांग्रेसको असन्तुष्ट पक्षले बोलायो भेला

सत्ता गठबन्धनको बैठक सुरू

नारायणगढ–मुग्लिन सडकमा खस्यो पहिरो

Leave a comment

Your email address will not be published. Required fields are marked *