कांग्रेसको असन्तुष्ट पक्षले बोलायो भेला

काठमाडौं,२० असोज ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले फेरि भेला बोलाएको छ । पार्टीले समानुपातिक उम्मेदवार सूची तयार पार्दा नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षलाई ४० प्रतिशत नदिएपछि विद्रोह गर्ने चेतावनी दिइरहेको समूहले फेरि भेला बोलाएको हो।

नेता भूपेन्द्रजंग शाहीले बिहीबार दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला राखिएको र संघर्षका थप रणनीति तय गर्नेबारे छलफल गरिने बताए।

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन प्रक्रिया सुरूआत गरेसँगै असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवामाथि दबाव बढाउन भेला गर्न लागेका छन्। असन्तुष्ट पक्षको विरोधपछि समानुपातिक उम्मेदवार सूचीमा केही हेरफेर गर्न यसअघि सभापति देउवा र पदाधिकारी तयार भएका थिए।

यसअघि समानुपातिक उम्मेदवार तय गर्दा नेताका आफन्तलाई प्राथमिकता दिएको र पार्टीमा त्याग र दुःख गरेकालाई नसमेटेको भन्दै असन्तुष्ट पक्षले उम्मेदवार सूची सच्याउन माग गर्दै धर्नासमेत दिएका थिए। कांग्रेसले गठबन्धनसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरे पनि कुन दलले कति सिटमा उम्मेदवारी दिने अहिलेसम्म मिलिसकेको छैन।

तर कांग्रेसले आन्तरिक रूपमा प्रत्यक्षतर्फ उम्मेदवार छान्ने काम गरिरहेको छ । प्रत्यक्षतर्फ उम्मेदवार तय गर्दा पनि शेखर–गगन पक्षलाई कम स्थान दिन खोजेकाले विरोध गर्नुपरेको नेता शाही बताउँछन् । कम्तीमा ३० देखि ४० प्रतिशत स्थानमा आफूनिकटलाई समेट्नुपर्ने संस्थापनइतरले सभापति देउवा पक्षसँग माग गरिरहेका छन्। कांग्रेसभित्र शेखर कोइराला पक्षलाई सभापति देउवा पक्षले उचित स्थान नदिएको गुनासो छ ।

सेतोपाटी

कांग्रेसको असन्तुष्ट पक्षले बोलायो भेला

पक्राउ परे सन्दीप लामिछाने

कांग्रेसको असन्तुष्ट पक्षले बोलायो भेला

सत्ता गठबन्धनको बैठक सुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *