नारायणगढ–मुग्लिन सडकमा खस्यो पहिरो

काठमाडौं, २० असोज ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरूद्ध भएको हो।

सडक अवरूद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन्। सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

सेतोपाटी

नारायणगढ–मुग्लिन सडकमा खस्यो पहिरो

सत्ता गठबन्धनको बैठक सुरू

नारायणगढ–मुग्लिन सडकमा खस्यो पहिरो

मृतकको सङ्ख्या १५ पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *