जुम्लामा १० जना उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

जुम्ला,१९ मंसिर ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा जुम्लामा १३ जना उम्मेदवार रहेकोमा तीमध्ये १० जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अविनन्द्र चौलागाईका अनुसार आइतबारसम्ममा १० जनाले निर्वाचन खर्च विवरण बुझाएका हुन् ।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र ) शाही, नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएका हुन् ।

सूचना अधिकारी चौलागाईंका अनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले १३ लाख ३ सय, डिल्लीप्रसाद काफ्लेले ४ लाख ३८ हजार, गोमा कुवर (गौतम) ले २१ लाख ९९ हजार, डाक्टर कलबहादुर रोकायाले १३ हजार रूपैयाँ बराबरको निर्वाचन खर्च विवरण बुझाएका हुन् ।

प्रदेशसभा (क) तर्फ देवेन्द्र बहादुरी शाहीले १० लाख २८ हजार, ललित जंग शाहीले ८ लाख ६६ हजार, राजेश्वर देवकोटाले १ लाख ८३ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । यस्तै प्रदेशसभा (ख) तर्फ टेकराज पछाईले १० लाख २१ हजार, धनबहादुर बस्नेतले २ लाख ५२ हजार ५ सय, र विर्ख बहादुर रावतले १ लाख ६३ हजार रूपैयाँको खर्च विवरण बुझाएका छन् ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले खर्च विवरण बुझाएका छैनन् भने प्रदेशसभा (क) तर्फ पनि एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले खर्च विवरण बुझाउन बाँकी छ । यस्तै प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा समाजवादी पार्टीका नेता पदमबहादुर रोकायाले निर्वाचन खर्च बुझाएका छैनन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को ८० को उपदफा (२) र (३)मा निर्वाचन खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । जस अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने हुन्छ ।

जुम्लाको हकमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारले अधिकतम् ३१ लाख रूपैयाँ खर्च गर्न पाउने व्यवस्था छ । यस्तै प्रदेशसभा(क) का लागि २३ रूपैयाँ अधिकतम निर्वाचन खर्च तोकिएको थियो ।

प्रदेशसभा (ख) मा उम्मेदवार हुनेले १९ लाख खर्च गर्न पाउने सीमा निर्धारण भएको थियो । जुम्लाको कुल मतदाता संख्या ६८ हजार ६ सय ३८ रहेकोमा प्रदेश (क) मा ३६ हजार ७ सय ८३ र प्रदेश (ख) मा ३१ हजार ८ सय ५५ छ ।

रातोपाटी

जुम्लामा १० जना उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

नवौँ विश्व माटो दिवस मनाइयो

जुम्लामा १० जना उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!