जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

जुम्ला,१९ मंसिर ।

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । डोल्पा जिल्लादेखि जुम्ला सदरमुकाम खलंगा आउँदै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

भे २ त १४९१ नम्बरको ट्रयाक्टरमा सुनपाती नामको जडिबुटी राखिएको भेटिएको प्रहरीले जनाएको छ । गुठिचौर गाउँपालिका – १ अस्थायी प्रहरी पोष्ट चोत्राबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा जडिबुटी फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

उनका अनुुसार जडिबुटीको छुट पुर्जी भेटिएको छैन । उचित छानबिन गरेर आवश्यक कारबाहीको लागि चालकसहित सुनपाती जडिबुटी डिभिजन वन कार्यालय जुम्लामा पठाइएको छ ।

कान्तिपुर

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

जुम्लामा १० जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

पहाडमा मेलाको रौनक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!