नवौँ विश्व माटो दिवस मनाइयो

काठमाडौं,१९ मंसिर ।

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी नवौँ विश्व दिवस मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कृषि विभागले सोमवार सो अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा कृषि र माटोसँग सरोकार राख्नेहरूले माटोको विषयमा आफ्नो धारणा राखेका छन् ।

प्रभातफेरीपछि आयोजना गरेको मूल समारोह कार्यक्रममा कृषि मन्त्रालयको पशुपन्छी तर्फका सचिव डा. दीपक खरालले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित सरोकारवालालाई आग्रह गरे ।

कृषिका लागि मुख्य माटो नै हो यसको संरक्षण, सम्वर्द्धनमा ध्यान दिनु पर्ने बताउँदै उनले माटोको विषयमा अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए । माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यसको बारे सबैले सोच्नु पर्ने उनले धारणा राखेका थिए ।

सो कार्यक्रममा चित्रकाला प्रदर्शनी समेत गरिएको थियो । उत्कृष्ट तीनवटा चित्रकालालाई पुरस्कृत समेत गरेको छ । माटो वैज्ञानिक डा.नवीन रावल, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठ, आस्था वैज्ञानिक अनुसन्धान सेवा प्रालिका अमृत आचार्यलगायतले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् ।

रातोपाटी

नवौँ विश्व माटो दिवस मनाइयो

आरोपी सशस्त्र जवानको बयान :  अरूसँग मोबाइलमा

नवौँ विश्व माटो दिवस मनाइयो

जुम्लामा १० जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!