सुुर्खेतमा सर्जरी सेवालाइ प्रभावकारी बनाउन जोड

सुर्खेत, १९ कात्तिक ।

प्रदेश अस्पताल सुर्खेतमा रहेको न्युरो सर्जरी सेवालाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति थाप्नु पर्नेमा जोड दिइएको छ । सर्जरी विभाग अन्तर्गत न्युरो सर्जन इकाइले शुक्रबार गरेको कार्यक्रममा कम्तीमा पनि तीन जना न्युरो सर्जन डाक्टरसहित आवश्यक उपकरण थाप्नु पर्ने बताइएको हो ।

कार्यक्रममा वरिष्ठ न्युरो सर्जन डा. निलक कुमार खड्काले आवश्यक जनशक्ति र उपकरण थपे सेवालाई अझ प्रभावकारी बनाउन सकिने बताएका छन् । उनले एमआरआई र न्युरो माइक्रोस्कोप आवश्यक रहेको बताए  ।

न्युरो सर्जरी विभागका प्रमुख समेत रहेका डाक्टर खड्काले अस्पतालमा धेरैजसो हेड इन्जुरी र स्पाइनलकर्ड इन्जुरीका बिरामीहरू आउने गरेको बताए  । प्रदेश अस्पतालमा डेढ वर्ष अघिदेखी न्युरो सर्जरी सेवा सुरु भएको थियो । वरिष्ठ न्युरो सर्जन डाक्टर खड्का आएर न्युरो सर्जन सेवा सुरु गर्दा आफूहरूलाई धेरै ठूलो राहत भएको कर्णालीवासी बताउँछन् ।

ट्राफिक प्रहरी कार्यालय, सुर्खेतका प्रमुख नेत्रबहादुर कुँवरले सडक दुर्घटनामा परेर हेड इन्जुरी र स्पाइनलकर्ड इन्जुरी भएका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म कसरी सुरक्षित रूपमा ल्याउन सकिन्छ भनेर प्रहरीलाई तालिम दिनु पर्ने बताए ।

गोरखापत्र

मुक्तक : सम्झिन्थे तिमीलाई मेरी दिलकी रानी

सुुर्खेतमा सर्जरी सेवालाइ प्रभावकारी बनाउन जोड

वर्तमान सरकारसँग देश बनाउने भिजन छैनः केपी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!