मुक्तक : सम्झिन्थे तिमीलाई मेरी दिलकी रानी
रानीवास,९ सुर्खेत ।
चेतन शर्मा साल्दाई
मुक्तकः १ ?
सम्झिन्थे तिमीलाई मेरी दिलकी रानी
तर रहेछ यति छिटै रिसाउने बानी
हासो मजाक गर्छु धैरे आफ्नै सम्झी
मुटुमै सझाउ काली केही पिर नमानी
मुक्तकः २
दुइदिनको जिन्दगी हाँसेरै बिताए नि हुन्न र ??
सोनो तिनो कुरालाई मजाक चिताए नि हुन्न र ?
किन गुम्स्यार राख्छेउ पिरका पोका मुटुमा
पिरलाई हराई सुखलाई जिताए नि हुन्न र?
मुक्तकः३
च्यातिएको मुटु सिलाउने अधिकार दिदैंछु तिम्लाई
फाँडिएका बारी मिलाउने अधिकार दिदैंछु तिम्लाई
जे चाहान्छ्यै त्यहि स्वीकार गर्न तयार छु तिम्रो लागि
आफ्नै सम्झिए बिष पिलाउने अधिकार दिदै छु तिम्लाई ।





