कथा : सोझी मैयाँको कमाल
सन्तोष रोकाया
सुर्खेत,१९ कात्तिक ।
नछुनु है भाउजू मलाई,मैले मन्दिरमा पूजा गर्न जानुछ,फेरी बुवा रिसाइसेला नि’ । यसरी नै टारिदिन्थिन उनी आफ्नो भाउजूलाई जो रजस्वला भएकी भनिएर घर परको खरले छाएको गोठमा राखेकी थिइन । सबैले उहाँको परिवारलाई शास्त्री परिवार भनेर चिन्ने गर्दथे । गाउँघरमा पुजाआजा गर्दा सबैले शास्त्रीबाजेलाई नै बोलाउने गर्दथे।
इज्जत,प्रतिष्ठा अनिमान, सम्मानथियो, शास्त्री परिवारको त्यो गाउँलगायत त्यस क्षेत्रमै । शास्त्री घरायनकी भएर होला सरु उर्फ सोझी मैयाँ, हो सोझी मैयाँ नै भनेर उनलाई सबैले चिन्ने गर्दथे । पढाईमा दख्खल मेहनती भएकी सरु एस.एल.सी.मा पनि पहिलो श्रेणीमा पास भइन । झनै सुनमा सुगन्ध भनेझै भयो ।
गाउँमा अनुशाशित,सोझी भनेर चिनिने सरुले यस्तो उत्कृष्ट नम्बर ल्याउँदा सबैको खुसीको सीमा नै थिएन । तर कसैले पनि थाहा नपाएको कुरा शरु गाउँको स्कुलमा पढ्दा १ जना स्वरुप भन्ने युवकसँग सम्बन्ध रहेछ । तिनीहरूले यस्तो पनि बाचाकसम गरिसकेका थिए कि जहाँ गएपनिसँगै बाँच्नेसँगै मर्ने,एस.एल.सी पास गरिसकेपछि पढ्नको लागि शहर जाने निर्णय पहिले नै गरिसकेका थिए ।
तर स्वरुप पढाइमा अलिकमजोर भएको हुनाले परीक्षामा फेल हुनपुग्यो । उता सरुले भने पढ्नको लागि काठमाण्डौ जाने निर्णय निश्चित गरिर्न े ।आफ्ना आफन्त कोही नभएकोले सरुले भाडामा कोठा लिएर रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना गर्ने भइन। काठमाण्डौ गएको शुरुशुरुमा त सरु र स्वरुपको फोनमा निकै गफहुन्थ्यो । धेरै मिस गरेको र एक अर्काबीच बाँच्न गाहृो भएको समेत कुरा हुन्थ्यो ।
तर बिस्तारै यिनीदुई जनाको सम्बन्ध सेलाउदै जानपुग्यो । यता गाउँबाट स्वरुप धेरै फोन गर्न खोज्थ्यो । तर आजभोलि त्यो काठमाण्डौको रङगीबिरङगी घर,चिल्ला कार अनि अटेर मान्छेहरूलाई देखेर सरुको मुड परिवर्तन भइसकेको छ । कहिले उनको फोन ब्यस्त भन्छ त कहिले फोनै उठ्दैन । उता सरुको मन ती शहरका ठाडा कपाल लगाउने र बुलेट बाइक चलाउनेहरूसँग नजिकिएको छ ।
हुदाहुदै सरुको शहरमा एक जना युवकसँग सम्बन्ध स्थापित हुन्छ । गाउँबाट पढ्नलाई भनी शहर आएकी सोझी मैयाँ शहरका अल्लारे ठिटा ठिटीहरूसँग साथ गरेर के–के गर्छिन खुद उनलाई पनि थाहा हुदैन। समय बित्दै जादा सरु शहर आएको १ वर्ष भइसकेछ । दशैं पनि नजिकिदै थियो । घरबाट बुबाले दशैँमा घर आउनु भनेर फोन गर्नुभएको रहेछ ।
त्यो पनि घरबेटीको छोरीबाट खबर पाइन् । सरुले दशैंमा घर जाने सोच गरिन र सबै सामान चाँजोपाँजो मिलाएर घरतिर लागिन । घरमा छोरी आउदै छ भनी सुन्दा सबै हर्षित थिए । उता उनको पुरानो पागल प्रेमी स्वरुपपनि सरुलाई भेट्न भनी सरुको घरको अगाडिको बाटोमा प्रतिक्षा गरिरहेको थियो । यता सरु पहिलाकोभन्दा धेरै परिवर्तन भइसकेकी छिन ।
एक जना भरियासँगै सरु उसको घरको अगाडि देखिन्छे । तिघ्रासम्मको स्कट,मुखै छोप्ने कालो चस्मामानौं कि उनको पुरै शरिर नग्नझैं देखिन्थ्यो । कोही कोही गाउँलेहरूले त यस्तो स्त्री हेर्नु हुदैन भनेर समेत कुराहरू काटी,ढोकाबन्द गरेर घरभित्र दौडेका थिए । सरुले स्वरुपलाई समेत भूलिछे । स्वरुपले ऊसँग बोल्न खोज्दा को पाखे हो भनेर नचिने झैं गरी अघि बढिन् । बीचरा स्वरुप सरासर घर गयो । गाउँको संस्कृति,मूल्य मान्यता,भाषा देखीलिएर सबै परिवर्तन भइसकेको थियो सरुमा ।
गाउँका सानानानीहरूले उनलाई टि.भीमा देखिने रेखा थापा भनेर चिन्थे । पहिलाको सोझी मैयाँको उनमा केही पनि गुण देखिदैनथ्यो । आमाबुबासँग पनि यार भनेर बोल्थिन सोझी मैयाँ । सरू यतिसम्म पनि गिरी सकिरहेछन् कि उनी शहरमा बस्दाको समयमा गर्भवती समेत भएकि रहेछन् । आमाबुबाले पनि अब उनको व्यवहार देखी दिक्दार महशुस गर्छन् ।
जब केही दिन पछि सरुको कक्षा ११ को रिजल्ट आउँछ,सबै विषयमा स्टार आएको देखिन्छ । समाजका कोही पनि उनीसँग बोल्न रुचाउँदैनन् । अब सरुलाई पनिआफूले नराम्रो गर्दै गइरहेको र आमाबुबाको नाक काटेको भान हुन्छ र आफू जस्तो निच मान्छेले यो शुन्दर समाजमा बाँच्न नहुने कुरा कल्पना गर्छिन र कसैले पनि थाहा नपाउने गरी पासो लगाएर आत्महत्या गर्न पुग्छिन ।




