दशैं नेपालीको मौलिक पर्व ः मुख्यमन्त्री शाही

सुर्खेत,१९ असोज ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले दशैं नेपालीहरुको मौलिक पर्व भएको बताएका छन् । विजयादशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनँले पर्वसँग जोडिएका मूल्य, मान्यता एवम् संस्कारले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा दशैं नेपालीको मौलिक पर्व भएको उल्लेख गर्दै हाम्रो देश बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवम् बहुधार्मिक बिशेषताले भरिएको र दशंैले सामाजिक सद्भाव, एकता, भातृृत्वको बिकास गर्न महत्वपुर्ण भूमिका खेलेको बताएका छन् । दशैं नेपालीको सबैभन्दा ठूुलो चाड भएकाले सद्भाव, मेलमिलाप र सम्बन्ध बिस्तारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवम् मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षबारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको सन्देशमा उल्लेख छ । दशैंलाई भड्किलो, खर्चिलो नबनाई आफ्नो गच्छेअनुसार पारिवारिक मिलनका साथ मनाउन उनले आग्रह गरेका छन् ।
“सम्बृद्ध कर्णाली ः सुखारी कर्णालीवासी” को सोच पूरा गर्न प्रदेश सरकारले लिएको “६ ब” (बाटो, बिजुुली, बजार, बन, ब्यवस्थापन र बिचार) सबैको सहकार्य र सरोकारजस्तो मूल कार्यनीतिलाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।

पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने पर्वका रूपमा मनाउन आग्रह गर्दै उनले महामारीका रूपमा फैलिएको डेङ्गीबाट जोगिन आवश्यक मापदण्ड पूर्ण रूपमा अवलम्बन गर्न पनि आग्रह गरेका छन् ।

गोरखापत्र

दशैं नेपालीको मौलिक पर्व ः मुख्यमन्त्री शाही

दशैंमा लगातारको वर्षाले बाढी, पहिरो र डुबानको

दशैं नेपालीको मौलिक पर्व ः मुख्यमन्त्री शाही

प्रधानमन्त्री देउवाले लगाएनन् टीका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!