प्रधानमन्त्री देउवाले लगाएनन् टीका

काठमाडौं,१९ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन् । भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । क्यान्सरको उपचार क्रममा गत जेठ महिनामा उनको निधन भएको थियो ।
सेतोपाटी






