दशैंमा लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम

काठमाडौं, १९ असोज ।

यो वर्षको दशैंलाई वर्षाले प्रभावित पारेको छ । लगातार दुई दिनदेखि परेको पानीका कारण दशैं हिले भएको हो । अष्टमीबाट सुरु भएको पानी पर्नेक्रम टीकाको दिन अझ बढेपछि बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ । केही ठाउँमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण प्युठान, दाङ, बाँके जिल्ला भएर बहने अधिकांश साना खहरे खोलामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो १२ बजेसम्म नै आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पश्चिम राप्ती जलाधारको धेरै क्षेत्रमा मंगलबार रातिदेखि नै भारी वर्षा भइरहेको छ। उक्त क्षेत्रमा थप वर्षा हुने, पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासि बढ्ने, सतर्कता आसपास पुग्न सक्ने भन्दै डुबान र तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

दक्षिण पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले मंगलबार दिउँसोदेखि नै देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिए े।

मौसमविद् कँडेलका अनुसार अहिले प्रदेश १, मधेश र बागमती प्रदेशका केही तथा गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

मौसमी प्रणालीको प्रभावले बुधबार दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको मौसमविद् कँडेलको भनाइ छ । आज मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । अरू ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। मौसमविद् कँडेलका अनुसार शुक्रबारसम्म नै देशका विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाको छ ।
गोरखापत्र

दशैंमा लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम

सिम्ताको खान्मामा दशै विशेष विविध कार्यक्रम सम्पन्न

दशैंमा लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम

दशैं नेपालीको मौलिक पर्व ः मुख्यमन्त्री शाही

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!