सिम्ताको खान्मामा दशै विशेष विविध कार्यक्रम सम्पन्न

दुर्गा विसि
असोज,१९ सुर्खेत ।

“कला संस्कृतिको उत्थान, खान्माको पहिचान“ भन्ने मुल नाराका साथ सिम्ता गाउँपालिका ९ खानिखोला सुर्खेत स्थित “खान्मा उत्थान तथा एकता समाज“ले बडा दशैको अवसरमा बिबिध कार्यक्रम गरीएको छ ।

१७ गते अष्टमी र नवमी गरि २ दिन कार्यक्रम गरेको छ । कार्यक्रममा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, सिङ्गारु नृत्य, ख्याल नृत्य प्रदर्शन गरिएको थियो । साथै कार्यक्रममा घैंटो फोड आयोजना समेत गरिएको थियो । यसै अवसरमा खान्मा उत्थान तथा एकता समाजले श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय खान्मालाइ १२ वटा कुर्सी हस्तान्तरण गरेको छ ।

बिद्यालय व्यवस्थापन समिती अध्यक्ष जीवन पुनलाइ कुर्सी हस्तान्तरण गरिएको हो । सिम्ता ९ खान्माका सबैभन्दा जेष्ठ नागरिक पुरुष १ र महिला १ जनालाइ लाई न्यानो कपडा बितरण गरिएको छ ।

८६ बर्षिय टेक बहादुर बुढालाई न्यानो ट्रवजर ज्याकेट , र ८३ बर्षिय टक्कि थापालाई न्यानो सुइटर र न्यानो पच्छ्यौरी बितरण गरिएको छ । यसैगरी खान्मा गाउँका आर्थिक रुपले बिपन्न निम्न आय भएका नागरिक प्रेम बादिलाइ १ बोरा चामल, २ केजि दाल, १ बोतल खाने तेल र १ पाकेट नुन बितरण गरिएको छ ।

यसैगरी लोप हुन लागेको नृत्य ख्याल र सिङ्गारु प्रदर्शन गर्ने खान्माका अग्रजहरुलाइ सम्मान गरिएको छ । यस्तै खान्माका बाल क्लबले प्रशिक्षक तस्वीर बिक सहित ओकिनामा मार्सलाट कराँतेपनि प्रदर्शन गरेका थिए ।

यसैबीच भलिबल तर्फ सिम्ता ५ लिपेचौरले प्रतियोगिताको उपाधी हात पारेको छ । भने सिम्ता ५ कै काल भैरव युवा क्लब बजेडा आलिले उपबिजेतामै चित्त बुझाएको छ ।

भलिबलमा १४ टिमको सहभागीता थियो, यस्तै खेलको उत्कृष्ट खेलाडी लिपेचौर आलिका आशिष् बस्नेत भएका छन । भने अनुशासन खेलाडी कालभैरव आलि सिम्ता ५ का .सन्दिप. सुनारले प्राप्त गरेका छन । यस्तै घैटो फोडमा सिम्ता ९ खान्माका याम बहादुर सुनारले जितेका छन । कार्यक्रमा सहयोग गर्ने व्यक्तित्वहरुले एक कार्यक्रमका बिच प्रमाणपत्र सहित सम्मान गरिएको छ । संस्थाका अध्यक्ष कविन्द्र सुनारको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख आतिथ्यता सिम्ता ९ खानिखोलाका वडा अध्यक्ष कबिराज योगिको थियो भने कार्यक्रम सन्चालन सचिव लक्ष्य बहादुर सुनारले गरेका थिए ।

सिम्ताको खान्मामा दशै विशेष विविध कार्यक्रम सम्पन्न

राष्ट्रपतिबाट सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको

सिम्ताको खान्मामा दशै विशेष विविध कार्यक्रम सम्पन्न

दशैंमा लगातारको वर्षाले बाढी, पहिरो र डुबानको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!