पहिरोले कालिमाटीमा घर गोठसहित ३१ वटा खसी–बाख्रा पुरिए

दिलिप ढकाल
सुर्खेत, २० भदौं ।
पञ्चमीदेखि परेको अविरल बर्षादले कालिमाटीमा दुई घर गोठसहित खोर भित्रका दर्जनौ खसी सहित बाख्रा पाठा पहिरोमा पुरिएका छन् । कालिमाटी गाउँपालिकाको वडा नम्बर ५ जुमखोला स्थित अम्मर बहादुर खत्री र झक्कु प्रसाद खत्रीको अघिल्लो बर्ष मात्रै बनाएको २ वटा घरसहित गाई बान्ने गोठ र खोरमा थुनेका २० वटा खसी सहित ११ वटा बाख्रा पहिरोले पुरिएको कालिमाटी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टोप बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, कुनै मानबिय क्षति नभएपनि लत्ता कपडा, पकाउने चलाउने तथा खाने भाँडा वर्तन, बर्ष दिनभरी खाने अन्नपात पहिरोले पुरेको छ । खत्री परिवारले बिगर देखिने खसी–बोका खरिद बिक्रि गर्ने काम गरिरहेको र पहिरोमा पुरिएका २० वटा खसी ब्याबसयाको लागि केहि दिन अगाडी मात्र गाउँतिरबाट खरिद गरी ल्याईएको थियो ।

पहिरोको कारण बिस्थापित भएका खत्री परिवारलाई अहिले आफन्तकोमा बस्ने ब्यबस्था मिलाईएको छ । वडा अध्यक्ष कार्की भन्छन “विपद बाजा बजाएर आउँदैन भन्थे हो रहिछ” उनी सम्झनछन “बिगत करिब सत्तरी असी बर्षदेखि यहि ठाउँमा खेती किसानी गरेर आफ्नो जीवन निर्बाह गरेका खत्री परिवार (अम्मर बहादुर तथा झक्कु प्रसाद का बाजे बज्यै ÷बुवा आमा ) मा यस्तो विपद कहिल्यै आएन ।

उनी भन्छन “अघिल्लो बर्ष मात्रै २ वटा घर रु दश ÷दश लाखको ठेक्का सम्झौतामा निर्माण भएका थिए ।” साथै खसी बाख्रा अन्नपात लत्ता कपडा गरि करिब २५ लाख बराबरको क्षति भएको छ । यस बिषयमा वडा अध्यक्षको रोहबरमा प्रहरीले विपदको घटनाको मुजुल्का तयार गरी लगेको र पालिकाको विपद ब्यबस्थापन शाखामा बुझाउने र त्यसपछि पालिकाको जनता सँग आवास कार्यक्रम अन्तरगत आवास निर्माणको लागि राहतको काम अगाडी बढ्ने समेत अध्यक्ष कार्कीको भनाई छ ।

पहिरोले कालिमाटीमा घर गोठसहित ३१ वटा खसी–बाख्रा पुरिए

YUGAAWHAN NATIONAL DAILY (2079-05-20)

पहिरोले कालिमाटीमा घर गोठसहित ३१ वटा खसी–बाख्रा पुरिए

कराेडाैँ लगानीकाे एकीकृत भवन प्रयाेगहीन

Leave a comment

Your email address will not be published. Required fields are marked *