२०८३ आश्विन १७ गते
×

Now Playing

मुख्यमन्त्री शाहीले गरे गुर्भाकोटको निरीक्षण

सुर्खेत २० साउन ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको निरीक्षण गरेका छन्। शुक्रबार गुर्भाकोट पुगेका शाहीले गुर्भाकोटका कर्मचारीहरुलाई जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिए। धेरैजसो समय कार्यालय र वीरेन्द्रनगर बाहिर नजाने मुख्यमन्त्री शाही भने शुक्रबार एक्कासी गुर्भाकोट पुगेका हुन्।

गुर्भाकोट नेपाली काँग्रेसको वर्चश्व रहेको पालिका हो भने काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहपालिका समेत हो। उनले जनप्रतिनिधिलाई जनताको अपेक्षाअनुसार काम गर्न समेत निर्देशन दिए। साथै निरीक्षणका क्रममा उनले स्थानीय तहको सरकार चुल्होको सरकार भएकोले सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाह प्रदान गर्न निर्देशन दिएका थिए।

गुर्भाकोटमा नेपाली काँग्रेसबाट प्रमुखमा हस्त पुन र उपप्रमुखमा मैना विक निर्वाचित भएका थिए। साथै मुख्यमन्त्री शाहीले स्थानीय तह र जनप्रतिनिधि, कर्मचारीको वृत्ति विकासमा प्रदेश सरकार संवेदनशील रहेको समेत बताए। मुख्यमन्त्री शाहीलाई नगर उपप्रमुख मैना विकले स्वागत गरेकी थिइन्।

मुख्यमन्त्री शाहीले गरे गुर्भाकोटको निरीक्षण

साताकाे रेष्टुरेन्ट : दिल गार्डेन, गार्डेन बनाउने

मुख्यमन्त्री शाहीले गरे गुर्भाकोटको निरीक्षण

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *