छेडागाडको मनघाटमा प्रहरी चौकी

मोहन सिंह
जाजरकोट, २२ जेष्ठ ।
जिल्लाको छेडागाड नगरपालिका वडा नं १२ मनघाटमा प्रहरी चौकी स्थापना गरिएको छ । तालुक प्रहरी प्रधान कार्यलय प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं ८८८मिति २०७६/०७/१५ पत्र आदेशले छेडागाड नगरपालिका वडा नं. १२ मनघाट भन्ने स्थानमा प्रहरी चौकी थप निकास भएको हँुदा मनघाटका स्थानीय चने चनराको घर भाडामा लिई प्रहरी चौकी स्थापना गरिएको हो ।

शनिबार दिउँसो १२ बजे स्थापना गरिएको प्रहरी चौकि छेडागाडमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी सहायक निरिक्षक भक्त बहादुर भण्डारीको कमाण्डरमा सात जनाको टोली खटिएको छ ।

जिल्ला अदालत जाजरकोटका न्यायाधिस यज्ञ प्रसाद आचार्यको विशेष आतिथ्यता र छेडागाड नगरपालिका प्रमुख रत्न बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, प्रहरी नायव उपरिक्षक सन्तोष निरौला, सशस्त्र प्रहरी नायव उपरिक्षक नरेश भण्डारी, नगरका प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर रोकाय, चन्दनाथ गण जाजरकोटका क्याप्टेन ओप प्रकाश पुन लगायत बुद्धिजिवि, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा प्रहरी चौकी छेडागाड मनघाटको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।

छेडागाडको मनघाटमा प्रहरी चौकी

कर्णालीमा तरकारी उत्पादन : दुई प्रतिशतले उत्पादन

छेडागाडको मनघाटमा प्रहरी चौकी

थपिए १३ कोरोना संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *