रोहित पौडेलको कप्तानीमा नेपालले अमेरिकामा दोस्रो अभ्यास खेल जित्यो

काठमाडाै‌‍ २२ जेठ ।

अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा जित हात पारेको छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालले शनिबार ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको हो ।

नेपालले दिएको २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स ४३.३ ओभरमा २ सय २१ अल आउट भयो। हरिकेन्सका निनाद निम्बालकरले सर्वाधिक ९९ रनको योगदान दिए ।

यस्तै रमिज राजाले २९, ओपनर एन्ड्रिस गौसले २८,गौरव बजाजले १५, उसमान राफिकले १२ र नितिश कुमारले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिकी टोलीलाई रोक्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए। ८.३ ओभर बलिङ गरेका कामीले ३८ रन खर्चिएका थिए । यस्तै सागर ढकाल र किशोर महतोले २–२ तथा करन केसीले १ विकेट लिए।

त्यसअघि प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २ सय ५० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले ।

आरिफ शेखले ४१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २४ रन जोडे। देव खनाल १९, सुनिल धमला १३ र करन केसीले १२ रन बनाए। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अतिरिक्तबाट २० रन पाएको थियो। ओपनर कुशल भुर्तेल १, विनोद भण्डारी ४, सुशन भारी ५, किशोर महतो ८ र सागर ढकाल २ रनमा आउट भए ।

हरिकेन्सका मोहम्मद इलियासले सर्वाधिक ५ विकेट लिए। हरमित सिंहले २ तथा हसन रासिदले १ विकेट लिए। यसअघि नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो ।

आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो । नेपालले लिगको पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरूवात गर्नेछ ।

रोहित पौडेलको कप्तानीमा नेपालले अमेरिकामा दोस्रो अभ्यास खेल जित्यो

रुपन्देहीको रोहिणी नदीमा पुलको बार भाँचेर तल

रोहित पौडेलको कप्तानीमा नेपालले अमेरिकामा दोस्रो अभ्यास खेल जित्यो

कर्णालीमा तरकारी उत्पादन : दुई प्रतिशतले उत्पादन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!