रुपन्देहीको रोहिणी नदीमा पुलको बार भाँचेर तल खस्यो बस, ९ जनाको मृत्यु

बुटवल , २२ जेठ ।

जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको हो ।

दुर्घटनाको खबर पौने पाँच बजेतिर आएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस रोहिणी नदीमा खसेको हो ।

लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

घाइतेहरुको उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो। बस दुर्घटनामा २४ जना घाइते छन् । उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो । चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छन् ।

स्रोत ः सेतोपाटी

रुपन्देहीको रोहिणी नदीमा पुलको बार भाँचेर तल खस्यो बस, ९ जनाको मृत्यु

जातिय छुवाछुत अन्त्यका लागी सचेतना कार्यक्रम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!