हुम्लामा गठबन्धन कायम राख्ने निर्णय

सिमकोट, २२ चैत्र ।
आशन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको तालमेल हुम्लामा पनि रहने भएको छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच हुम्लामा संयुक्त बैठक बसेर मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले जिल्लामा तालमेल गरेर जाने निर्णय गरेको हो । नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले ३ वटा निर्णय गरेको छ ।
केन्द्र, प्रदेशको निर्देशन अनुसार हुम्लामा पनि गठनबन्धन गरेर अगाडी बढ्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ । चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्ने गरी अभिव्यक्ति नदिने निर्णय गरिएको हो ।
त्यस्तै चैत २६ गते बस्ने गरी यि ३ वटा निर्णय गरेर सोमबारको बैठक सम्पन्न भएको हो । सोमबार भएको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय भण्डारी, नेकपा एकीकृत समाजवादीका जिल्ला पार्टी उपाध्यक्ष तीर्थराज रोकाया लगायतका अन्य तथा कार्यकर्ता उपस्थिती रहेको थियो ।






