प्रदेश सासद थापा र मेयर भण्डारीद्धारा कालसैनी मन्दिरको शिलान्यास

दैलेख, २२ चैत्र ।
कर्णाली प्रदेशसभाका सदस्य सुशील थापाले श्रीस्थान मन्दिर हातामा निर्माण गर्न लागिएको कालसैनी मन्दिरको सोमबार शिलान्यास गर्नुभएको छ ।
दुल्लू नगरपालिकाका मेयर घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका सदस्य सर्वराज महातारा लगायतको पनि त्यस अवसरमा उपस्थिति थियो ।
कर्णाली प्रदेश सरकारको ८० लाख रुपैंयाँ र केन्द्र सरकारको एक करोड लगानीमा श्रीस्थान मन्दिर र कालसैनी मन्दिरमा झिंगटी हटाएर तामाको पाता लगाउनेदेखि नदी तटबन्धन, काठको पुल र केही भौतिक संरचना बनाउने काम रफ्तारका साथ चलिरहेको छ ।
प्रदेश सरकारको रकम डिभिजनल वन कार्यालय दैलेख मार्फत र केन्द्र सरकारको बजेट सोझै मन्दिर व्यवस्थापन समितिमा प्राप्त हुने उक्त निर्माण सम्वन्धी कार्य करिव डेढ महिना अवधिमा सम्पन्न भइसक्ने डिभिजनल वन अधिकृत टेकबहादुर रावलले जानकारी दिनुभयो ।
ठेक्का गर्दा लामो झण्झटिलो प्रक्रिया भएकोले बजेटको उचित सदुपयोग र निर्माण काममा अपनत्व हुने भएकोले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अमृतनाथ योगी र सचिव केशव थापाको जिम्मेवारीमा काम भइरहेको जिल्ला समन्वय समितिका सदस्य सर्वराज महताराले बताउनुभयो ।







