बोटेचौरमा सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन

दिलिप ढकाल
गुर्भाकोट, २२ चैत्र ।
गुर्भाकोट नगरपालिका वडा नं. ९ मा सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । गुर्भाकोट वडा नंं. ९ का वडा अध्यक्ष शशिराम भट्टराईले एक कार्यक्रमकाबीचसामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै वडा नं. ९ का वडा अध्यक्ष शशिराम भट्टराईले स्वास्थ्य क्षेत्रमा आफनो पाँच बर्षको कार्यकालमा आफुले धेरै काम गरेको समेत जानकारी दिनुभयो ।
साथै सामुदायिक स्वास्थ्य केन्द्र भवनको लागि बजेटको ब्यबस्थापन गरिदिएकोमा सुर्खेत क्षेत्र नं. १ का सांसद धु्रर्ब कुमार शाहीलाई धन्यवाद ब्यक्ति गर्नुभएको थियो ।
उक्त भबनको लागि २८ लाख बजेट विनियोजन भएको छ, उक्त सामुदायिक स्वास्थ्य केन्द्रको भवनबाट सोमबारदेखि सेवा सुचारू भएको जानकारी वडा अध्यक्ष भट्टराईले दिनुभएको थियो । समयमै काम सम्पन्न गरेकोमा उपभोक्ता समितिका अध्यक्ष छवि डाङ्गीलाई स्वास्थ्यकर्मीहरुले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
सोमबारदेखी आफनै भबनबाट सेवा सुरु भएकोमा स्थानीयहरु निकै हर्षित भएका थिए । शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटनसंगै ९ नं. वडाका वडा सदस्य टीक वहादुर खत्रीलाई कोरोनाको बुस्टर खोप लगाएर स्वास्थ्य सेवा सुचारु गरिएको थियो ।
गुर्भाकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष शशिराम भट्टराईको प्रमुख आतिथ्यता एवं नेकपा माओवादी केन्द्र गुर्भाकोट नगर कमिटी अध्यक्ष जय बहादुर डाँगीको विशेष आतिथ्यता, वडा नं. ९का वडा सदस्य टिक बहादुर खत्री, वडा सदस्य नन्दलाल घर्ती, नेकपा एमाले वडा नं. ९ का अध्यक्ष पहलमान घर्ती, वडा नं. ९ का सचिव छबि डाँगी लगायत विभिन्न समाजसेवीहरुको उपस्थिति रहेको थियो ।







