प्यूठानमा जन्ती सवार जीप दुर्घटना : ८ जनाको मृत्यु, ५ घाइते

प्यूठान, २२ माघ ।
प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। शुक्रबार राती १ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन । मृत्यु हुनेहरु गौमुखी गाउँपालिका–६ का स्थानीय हुन् ।

दुई जनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेहरुको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

प्यूठानमा जन्ती सवार जीप दुर्घटना : ८ जनाको मृत्यु, ५ घाइते

कानुन निर्माणमा छैन सक्रियता, दलगत स्वार्थको चेपुवामा

प्यूठानमा जन्ती सवार जीप दुर्घटना : ८ जनाको मृत्यु, ५ घाइते

कर्णालीमा कुष्ठरोगीको सङ्ख्या घटट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!