कर्णालीमा कुष्ठरोगीको सङ्ख्या घटट्यो

सुर्खेत, २२ माघ ।
कर्णालीमा पछिल्ला वर्षमा कुष्ठरोगका बिरामी घट्टदै गएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा कुष्ठरोगका बिरामीको सङ्ख्या कम देखिएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दै कर्णालीमा कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दोक्रममा रहेको जनाएको छ ।

पाँच वर्षअघि नयाँ बिरामी पत्ता लाग्ने दर ६ दशमलव ४९ प्रतिशत थियो भने अहिले ३ दशमलव ६७ प्रतिशत रहेको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा एक सयभन्दा कम बिरामी पत्ता लागेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले कुष्ठरोग निवारणको चरणमा रहेको दाबी गर्नुभयो ।

यद्यपि अझै पनि कुष्ठरोगका बिरामी पत्ता लागेकाले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कार्यालयका सूचना अधिकारी पदम केसीले कर्णालीमा पछिल्लो समय कुष्ठरोग निवारण हुँदै गएको बताउनुभयो । पछिल्लो समय बिरामीको सङ्ख्या कम देखिएको उहाँको भनाइ छ । आर्थिक वर्ष ०७३/७४ मा ११५ जना, ०७४/७५ मा ११५ जना, ०७५/७६ मा ८९ जना, ०७६/७७ मा ५५ र ०७७/७८ मा ६७ जना नयाँ बिरामी फेलापरेका छन् ।

समयमै रोग पत्ता लगाएर नियमित उपचार गर्दै कुष्ठरोग पूर्ण रूपमा निको हुने उहाँले बताउनुभयो । स्वास्थ्य संस्थामा कुष्ठरोगको उपचार र औषधि निःशुल्क पाउने व्यवस्था रहेको छ । कुष्ठरोगले हातगोडा र आँखामा असर गर्ने भएकाले समयमै उपचार गदै अपाङ्गता हुनबाट बँच्न सकिने उहाँले बताउनुभयो । कुष्ठरोगबाट प्रभावित व्यक्तिको आत्मसम्मान हुनेगरी व्यवहार गर्न तथा सीपमूलक, आयआर्जन र व्यावसायिक रूपमा अघि बढाउन सबैको दायित्व रहेको उहाँको भनाइ छ ।

यसैबीच प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र आईएनएफ सुर्खेतको संयुक्त आयोजनामा कुुष्ठरोग प्रभावित तथा अपाङ्गता भएका व्यक्तिलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको छ । आईएनएफ सुर्खेतका गरिबी कोष मूल्याङ्कनकर्ता उदय हमालले आइतबार वीरेन्द्रनगरमा २० जनालाई राहत वितरण गरिएको जानकारी दिनुभयो । उहाँले पञ्चपुरी नगरपालिका, लेकबँेसी नगरपालिका र चौकुने गाउँपालिकाका २० जनालाई केही दिनपछि सहयोग गरिने बताउनुभयो ।

कर्णालीमा कुष्ठरोगीको सङ्ख्या घटट्यो

प्यूठानमा जन्ती सवार जीप दुर्घटना : ८

कर्णालीमा कुष्ठरोगीको सङ्ख्या घटट्यो

कर्णाली प्रदेश सत्ता गठबन्धनमै विवाद, समर्थन फिर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!