सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्षमा बुढाथोकी

सुर्खेत, १९ भदौं ।
दक्षिण कोरियामा रोजगारीका लागि विभिन्न कम्पनीहरुमा कार्यरत सुर्खेत स्थायी घर भएका युवाहरुको संस्था सुर्खेत समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । रोजगारीका लागि दक्षिण कोरियामा रहेका सुर्खेती युवाहरुले आफ्नो अधिकार, आफ्ना समस्या समाधान गर्ने र आफ्नो जन्मभूमिमा हुने आपत विपद, घटना दुर्घटनामा समाजबाट सहयोगको आव्हान गरी सहयोग संकलन गरेर पठाउने गरिएको छ ।
काेरियामै पहिलाे पटक समाजले राेजगारीका लागि काेरियामा रहेका सुर्खेतीहरुका लागि डिजिटल एप्लिकेशनकाे उद्घाटन गरिएकाे छ । उक्त एप्लिकेशनबाट ब्यक्तिगत विवरण, हालसम्मका कार्यसमिति, पदाधिकारीहरुकाे विवरण, सदस्यता अाव्हान र सदस्यहरुकाे विवरण राखिएकाे छ । काेरियामा रहेर कुनै नेपालीलाइ समस्या परेमा तत्काल सबैलाइ जानकारी गराएर सहयाेगकाे अपिल गर्न सकिने गरी नयाँ कामकाे थालनी गरिएकाे नवनिर्वाचित अध्यक्ष बुढाथाेकीले जानकारी दिए ।

अधिवेशनले पुष्कर बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर बुढा, उपाध्यक्षमा शिवराज शाही, उपाध्यक्षमा तिलक बहादुर चौधरी, महासचिवमा रुपक केसी, सचिवमा लोकेश वली र कोषाध्यक्षमा कमल शाही चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दिपेश अधिकारी, सागर सापकोटा, ललित खत्री, कम्लेस शाही र धर्म देवकोटा चयन भएको जनाइएको छ ।






