कर्णाली प्रदेश अस्पताल परिसरमा कुकुरले च्यापेको बच्चाको पहिचान खुल्यो

सुर्खेत, २१ चैत्र ।
कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा बच्चाको शव कुकुरले च्यापेर डुलिरहेको फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो ।
अस्पतालको पार्किङ क्षेत्रमा बच्चाको शव च्यापेर कुकुर डुलिरहेको भिडिओ शनिबारदेखि भाइरल भएको थियो । उक्त भिडिओ कसैले मोबाइलमा खिचेका थिए ।

बच्चाको शव कुकुरले लिएर हिँडेको फोटो र भिडिओ देखेर कर्णाली प्रदेश अस्पतालको आलोचना भइरहेको छ। अस्पतालले भने शनिबार नै विज्ञप्ति निकालेर बच्चाको शवबारे अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिसकेको बताएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाबारे अनुसन्धान गरेपछि मृत बच्चा कसको हो भन्ने खुलेको छ । प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार दैलेखको आठबीस नगरपालिका–९ का गोपाल विक र पवित्रा बिकको बच्चाको शव भन्ने खुलेको छ ।

प्रदेश अस्पतलमा सुत्केरी हुन आएकी पवित्राबाट गत चैत १४ गते मृत बच्चा जन्मेको थियो । अस्पतालले उनका परिवारलाई शव जिम्मा लगाएको थियो । उनीहरुले अस्पताल परिसरको जंगल भएको क्षेत्रमा मृत बच्चालाई गाडेका थिए । त्यहीबाट कुकुरले ल्याएको हुन सक्ने अनुमान छ ।

शवको सनाखत गराई पुनः सुरक्षित रुपमा दाहसंस्कार गर्न बुवा गोपाललाई आइतबार नै जिम्मा लगाइएको थियो । ‘उहाँहरु सुर्खेतमै हुनुहुँदो रहेछ, हामीले अनुसन्धान गर्ने क्रममा पत्ता लागेपछि शव जिम्मा लगाईसक्यौं,’ उनले भने ।

कर्णाली प्रदेश अस्पताल परिसरमा कुकुरले च्यापेको बच्चाको पहिचान खुल्यो

एमाले प्रतिनिधिको विरोधकाबिच सार्वजनिक सुनुवाई

कर्णाली प्रदेश अस्पताल परिसरमा कुकुरले च्यापेको बच्चाको पहिचान खुल्यो

हिउँले खुट्टा खाएपछि परिवारै अपाङ्गता, अशक्त बृद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!