एमाले प्रतिनिधिको विरोधकाबिच सार्वजनिक सुनुवाई

गुर्भाकोट, २१ चैत्र ।
भेरीगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई विवादित बनेको छ । नगरपालिकाको ५ बर्षे कालकार्यमा भए गरेर गतिविधिको समिक्षा गर्ने उद्देश्यले आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीन्दा, सरोकारवालाको न्यून सहभागिता भएको भन्दै विरोध भएको हो ।
भेरीगंगा–८ जहरे बजारको साझा खाजाघरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई विवादित बनेको हो । नेकपा एमालेका प्रतिनिधि सिता शर्मा र काँशिराम शर्माले सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवाला, स्थानीयबासीन्दाको न्यून सहभागिता भएको भन्दै विरोध जनाएका थिए ।
एमालेका प्रतिनिधिले बोल्नेक्रममा नेपाली काँग्रेसका प्रतिनिधि अवरोध गर्न खोजेपछि एमाले प्रतिनिधिहरु आक्रोशित भएका थिए । न्यून सहभागितामा सार्वजनिक सुनुवाई आयोजना गरिएको एमाले प्रतिनिधिको आरोप छ । आयोजक विजी एफएमका ९ जना, नेपाली काँग्रेसका ८ जना, जसपाका १ जना, नेकपा एसका २ जना र एमालेबाट ३ जनाको मात्रै सहभागिता रहेको एमाले प्रतिनिधिको भनाई छ ।
सार्वजनिक सुनुवाई
कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको भेरीगंगा नगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न भएको छ । स्थानीय जन प्रतिनिधिको ५ बर्षे कार्यकाल सकिँनै लाग्दा तत्कालिन आवस्थामा जनता माझ गएर आफुले गरेका बाचा अनि पर्तिबद्दता के कति पुरा भएत ?? यी र यस्तै बिषयमा केन्द्रित हुने सार्बजनिक सुनुवाई आईतबार भेरीगंगा नगरपालिकाले सम्पन्न गरेको हो ।
भेरीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय छिन्चु सुर्खेतको आयोजना गरेको सार्बजनिक सुनुवाईको सहजीकरण रेडियो बिजी एफ.एम ९३.६ मेगाहर्ज भेरीगंगा छिन्चु सुर्खेतले गरेको थियो ।
भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको सार्बजनिक सुनुवाईको अतिथि हरुमा भेरिगंगा नगरपालिका उप–मेयर रेणु आचार्य, निमित्त प्रमुख प्रसासकिय अधिकृत मान बहादुर ठाडा लागयतको उपस्थिति रहेको थियो ।
त्यस्तै सार्बजनिक सुनुवाईमा भेरीगंगा नगरपालिका पशुपंक्षी बिकाश शाखा प्रमुख भोज प्रसाद चपाई, वडा नं. २ का वडा अध्यक्ष नन्द बहादुर बुढा, वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण राना, वडा नं. ८ का वडा अध्यक्ष पदम बहादुर खत्री, वडा नं. १० का वडा अध्यक्ष मान बहादुर बुढा, वडा नं. ६ का वडा अध्यक्ष बल बहादुर खड्काको उपस्थिति रहेको दावि छ ।
त्यसैगरी मैनतडा आयुर्बेद औषधालयका कविराज छबिलाल खड्का, भेरीगंगा नगरपालिका कार्यपालिका सदस्य तथा भेरीगंगा नगरपालिका उप–सभापति प्रतीक्षा बिक, वडा ७ का अध्यक्ष कर्णबहादुर मिजार, नेकपा एमालेका सीता शर्मा, नेकपा एसका रुद्धबहादुर विक, जसपाका रगविर मिजार लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सार्बजनिक सुनुवाई कार्यक्रमको सञ्चालन रेडियो बिजी एफएमका समाचार प्रमुख जे.बि सुनारले गर्नुभएको थियो भने स्टेशन म्यानेजर टेकेन्द्र बस्याल, बजार प्रमुख दिलिप ढकाल, प्राबिधिक प्रमुख हरि रोकाय, कार्यक्रम प्रमुख बिक्रम तिवारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले स्थानीय जनप्रतिनिधिहरुले तत्कालिन अबस्थामा जनता माँझ गएर गरेका आधा जस्तो बाचा प्रतिबद्दता पुरा गरेपनि बाँकि कामहरु किन गर्न नसकेको, बिकासको नाममा जनतालाई झुटो आशा देखाएर बोट माग्ने अनि आफु सत्तामा पुगेपछि जनताको वास्ता नगरेको गुनासो गरेका थिए ।
सहभागीहरुको प्रश्नको जबाफ दिने क्रममा जना प्रतिनिधिहरुले सघियता पछि देशमा पहिलो पटक स्थानिय तहको निर्बाचन बात आफुहरु पहिलो पटक निर्बाचित भएको भन्दै सुरुको १ देखि २ वर्ष सम्म अन्योल जस्तै भयको र त्यसपछि बिस्तारै कम गर्दै जाँदा जनताको माझमा गएर गरेका बाचा प्रतिबद्दताहरु सबै पुरा गर्न नसकेको प्रतिक्रिया दिएका थिए ।
साथै प्रश्नको जबाफ दिने क्रममै जनप्रतिनिधिहरुले नगरपालिका लगायत वडाहरुमा बिकास निर्माणका धेरै कामहरुको सुरुवात भई सम्पन्न भएको बताएका थिए । काम सुरु भएका र सम्पन्न हुन नसकेका कामहरु अब आउने जना प्रतिनिधिले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
अन्तिममा भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्दले आफ्नो भनी राख्दै सार्बजनिक सुनुवाई समापन भएको घोषणा गर्नुभएको थियो । दोस्रो चरणको सार्वजनिक सुनुवाई कार्यक्रम भेरीगंगा नगरपालिका सभाहलमा गर्ने गरी भेरीगंगा–८ मा सञ्चालित सार्वजनिक सुनुवाई आईतबार सम्पन्न भएको हो । कार्यक्रममा ७१ जनाको सहभागीता रहेको थियो ।









