चौकुनेका ४७ जनालाई जग्गाधर्नी पुर्जा दिने तयारी (नामावलीसहित)

सुर्खेत, २० चैत्र ।
चौकुने गाउँपालिका वडा नं. ८ का भुमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासी ४७ घरपरिवारलाई स्थायी जग्गाधर्नी पुर्जा (लालपुर्जा) दिने तयारी गरिएको छ ।

राष्ट्रिय भूमि आयोगको भूमि सम्बन्धि समस्या समाधान गर्न गठित जिल्ला समितिले लालपुर्जा वितरणको तयारी गरेको हो । मिति २०७८ चैत्र १६ गते युगआव्हान राष्ट्रिय दैनिक पत्रिकामा ४७ जनाको नामावलीसहित थप प्रमाण पेश गर्न सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा २० बमोजिम यस अघि भूमि सम्बन्धी समस्या समाधान गर्ने सम्बन्धमा प्रचलित कानुन बमोजिम नेपाल सरकारले गठन गरेका आयोग, समिति वा कार्यदलबाट काम शुरु भई सम्पन्न हुन बाँकी रहेका फाईलहरु प्रकृयामा बढाइएको छ ।

काम वा भएका निर्णयको कार्यान्वयन आयोगले गर्ने र सो को प्रयोजनका लागि आयोगले जिल्ला समितिलाई आवश्यक निर्देशन दिने व्यवस्था भएकोले राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौँको मिति २०७८ फागुन २९ गतेको निर्णय र च.न. ३९२ मिति २०७८ फागुन २९ गतेको पत्रानुसार यस जिल्ला समितिको मिति २०७८ चैत्र १६ गतेको निर्णयानुसार साविक गुटु हाल चौकुने गाउँपालिका अन्तर्गतका तपशिलका जग्गाधनि (निवेदक) हरुको नामावली प्रकाशन गरिएको छ ।

उक्त नामावलीहरुमा थप वा पुरक प्रमाण पेश गर्नु पर्ने भएमा यस आयोगको जिल्ला समिति सुर्खेतमा सात (७) दिन भित्र सवुत प्रमाणसहित पेश गर्नुहुन अनुरोध सहित अन्यथा नियमानुसार भैजाने भन्दै सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

चौकुनेका ४७ जनालाई जग्गाधर्नी पुर्जा दिने तयारी (नामावलीसहित)

मिनी बस कर्णालीमा दुर्घटना : सहचालक बेपत्ता

चौकुनेका ४७ जनालाई जग्गाधर्नी पुर्जा दिने तयारी (नामावलीसहित)

एमाले प्रतिनिधिको विरोधकाबिच सार्वजनिक सुनुवाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!